राष्ट्रपति भण्डारी र परिवारका जुत्ता चप्पल उठाउन काममा नेपाली सेना

jutta lagidai sainikराष्ट्रपति विद्यादेवी भण्डारी, तिनका दुई छोरी तथा नेपाली सेनाका उच्चस्थ अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारीहरुको जुत्ता चप्पल उठाउने काममा नेपाली सेना प्रयोग गरिएको पाईएको छ ।

सप्तरीको छिन्नमस्तास्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा शनिवार विशेष पूजआजा गर्न पुगेकी राष्ट्रपति, तिनका दुई छोरी तथा नेपाली सेनाका उच्चस्थ अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारीहरुको जुत्ता चप्पल उठाउने काममा नेपाली सेना प्रयोग गरिएको पाईएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान सवा १० बजे छिन्नमस्ता पुगेकी राष्टपती भण्डारीसहितका टीम पूजा गर्न सिधै मन्दिर पुगेका थिए । त्यहाँ राष्ट्र गौरवको रुपमा सुरक्षार्थ खटिएका नेपाली सेनाका चार जना जवान बर्दीमै राष्ट्रपती विद्यादेवी भण्डारी, उनका छोरीद्वय छोरी उषा किरण र निशा कुसुमको जुत्ता चप्पल उठाउन खटिएको थियो । ती जवानहरुलाई नेपाली सेनाको गाईघाटस्थित १८ नम्बर बाहिनिका बाहिनिपत्ती सुवर्णबहादुर शाहले जुत्ता चप्पल मन्दिरको प्रवेश गेटदेखि निकासद्धारसम्म लग्न निर्देशन दिईरहेको थियो । एक जना सेनाका अधिकारी पनि जुत्ता चप्पल मिलाउन ब्यस्त थिए ।

राष्ट्रपति र तीनका परिवारबाहेक सेनाका उच्च तहका अधिकारी र राष्ट्रपति कार्यालयका उच्च तहका कर्मचारीहरुको जुत्ता चप्पल उठाउन पनि त्यही नेपाली सेनाका जवानहरु परिचालित भएका थियो ।

juta uthaudai senaराष्ट्रपति, उनकी छोरीद्वय तथा उच्चस्थ सेनाका अधिकारी र राष्ट्रपति कार्यालयका उच्चस्थ अधिकारीहरुको जुता चप्पल सोहर्ने काममा सैनिक प्रयोग हुनुलाई मन्दिर परिसरमा रहेका कतिपय बुद्धिजिवीले मुलुकबाट समाप्त भईसकेका राजा र राज परिवारको सान सौकत यहा“ हेर्न पाएको भनि कटाक्ष गर्दै कुरा काटिरहेका थिए ।