राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने

Cassidy-DonaldTrumpsNewWorldDisorder-1200अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा कर बढाउने भएका छन् ।

सीमा क्षेत्रमा पर्खाल लगाउने खर्च जुटाउन राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने तयारी गरेका हुन् । उनले मेक्सिकोबाट सामान आयातमा २० प्रतिशत कर लगाए वार्षिक करिब १० अर्ब डलर राजश्व संकलन हुने दाबी गरेका छन् । ह्वाइट हाउसका प्रवक्ताले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाएर उठेको रकमले पर्खाल लगाउने तयारी भएको जनाएका छन् ।

अपराध र खुला सिमाना नियन्त्रण गर्न अमेरिकी राष्ट्रपतिले सीमानामा पर्खाल लगाउने घोषणा गरेलगत्तै मेक्सिकोका राष्ट्रपति नरिक पेना निएटोले अमेरिकी भ्रमणको कार्यक्रम रद्द गरेका थिए । त्यसलगत्तै ह्वाइट हाउसले मेक्सिकोका सामानमा कर लगाउने जनाएको हो । अमेरिकी राष्ट्रपतिसँग भेट गर्न मेक्सिकोका राष्ट्रपति आगामी हप्ता अमेरिका जाने कार्यक्रम थियो ।

यसैबीच, बेलायती प्रधानमन्त्री थेरेसा मे ले आज राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएकी छन् । रिपब्लिकन कंग्रेसमेनको एउटा बैठकलाई गर्ने सम्बोधनमा उनले बेलायत र अमेरिकासँग फेरि संसारमा एकसाथ नेतृत्व गर्ने मौका भएको उल्लेख गर्ने बताइएको छ ।