रामेछापको क्याम्पस लागि तीन करोड ५४ लाख ६० हजार भारतीय आर्थिक सहयोग

नोभेम्बर २७, २०१५ मा रामेछाप जिल्लाको बमतीभण्डारस्थित सिद्धेश्वर एजुकेशन पव्लिक क्याम्पस निर्माणको लागिएक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सहयोग भारत सरकारको भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत पर्दछ । रामेछाप जिल्लाको लागि यो दोश्रो भारतीय शैक्षिक परियोजना सहयोग हो ।

भारत सरकारको नेरु तीन करोड ५४ लाख ६० हजार अनुदान सहयोगमा निर्माण हुने उक्त परियोजना जिविस रामेछापले कार्यान्वयन गर्नेछ । विद्यालयले हालको भवनमा जिर्ण भएको र सबै विद्यार्थी नअट्ने हुनाले नयाँ बन्ने भवनले अत्यावश्यक कक्षाकोठा सुविधा पु¥याउनुको साथै स्तरीय शिक्षाको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।

यो परियोजना बाहेक जिल्लामा ने.रु. २ करोड ६४ लाख अनुदानमा मन्थली उच्च मावि भवन निर्माण गरिएको छ । यस जिल्लाको विभिन्न संस्थलाई ७ ओटा एम्बुलेन्स तथा एउटा स्कुल बससमेतभारत सरकारले उपहार दिएको छ ।

यस बाहेक आव २०१५–१६ मा भारत सरकारले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक, शैक्षिक सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धारको लागि ने.रु. करिव ३८ करोड सहयोग प्रदान गरिसकेको छ ।

भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५१४ भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७६०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।