“राज्यले ड्रग्स रोक्न सक्छ ।”

 

वसन्त कुँवर
वसन्त कुँवर

नेपालको राजवंश समाप्त पार्न ड्रग्सको ज्यादै ठूलो भुमिका रह्यो । सैंयौ वर्ष पुरानो हाम्रो देशको गाउँ गाउँ, शहर शहरले मात्र होइन अमेरीका देखि लिएर मालदिभ्स सम्मका र दक्षिण अमेरीका देखि स्वीडेन सम्मका राज्यहरुले नेपाल भनेको राजतन्त्रात्मक देश नै हो भनेर स्वीकार गरेको अवस्थामा पनि राजसंस्था नेपालबाट बहिर्गमन हुनुमा राजनैतिक कारण मात्र जिम्मेवार थिएन बल्की त्यो भन्दा ठूलो ड्रग्स जिम्मेवार थियो ।
युवराज भएका छोरा दिपेन्द्रले ड्रग्सको नसामा आमा बाबु, भाई, बहिनी, लगायत आफ्ना सबै सन्तान मारेर आफ्नो समेत ज्यान गुमाए । त्यो वंश नै समाप्त भयो । नयाँ वंशका ज्ञानेन्द्र राजा हुन भनेर हुर्केका थिएनन् । तिनी विशेष परिस्थितिले राजा त भए तर जनताले तिन्लाई विश्वास गरेनन् । जनताले उन्लाई विश्वास नगरेकै कारण गणतन्त्र ल्याउन लडीरहेका राजनैतिक दलहरुलाई राज संस्था हटाउन सजिलो भयो । जसरी कसैको आफ्नो आमा मरी गएका कारण कुनै बाबुले नयाँ आमा खोजी घरमा ल्याएर अब देखि यसैलाई आमा मान भनि छोरा छोरी सामु उभ्याईदिँदा ति नयाँ आमालाई आफ्नो आमाको ठाउँमा स्वीकार गर्न छोरा छोरीलाई धेरै समय गाह«ो हुन्छ त्यसै गरी ज्ञानेन्द्रलाई राजा स्वीकार गर्न पनि नेपालीहरुलाई कठिन हुनपुग्यो । यहि कठिनाईको अवस्थालाई राम्ररी भजाएर गणतन्त्र ल्याउन चाहने राजनैतिक दलहरुले त्यो संस्थालाई हटाउन सफल भए ।

वास्तवमा आज संविधानले ज्ञानेन्द्रलाई राजामा स्वीकार नगरेपनि राज संस्थाको अस्तित्व यस देशमा अझै पनि यहाँका शिर्शस्थ भनिएका नेताहरुको भन्दा कता हो कता माथि छ । अझै पनि शिर्शस्थ भनिएका नेताहरुले भन्दा राजाहरुले विदेशका ईसारामा यो मुलुक बेच्ने काम चाँहि गर्दैनन् है भन्ने आम नेपालीहरुको धारणा छ अझै पनि राजाहरुले चाहे जे गरेता पनि तिन्ले नेपाललाई जात जाती, भाषा, भाषीको वा क्षेत्रिय, भौगोलिक आधारमा भने टुक्रिन दिँदैनन् है भन्ने आम नेपाली जनतामा छाप छ । अहिले पनि यहाँ शिर्शस्थ भनिएका नेताहरु भन्दा पगरी नभिरेका राजा हेर्न जनता उर्लिएर आउँछन् । त्यति शक्तिशाली राजसंस्था नेपालबाट ड्रग्सकै कारणले धरासयी हुन वाध्य भयो भने आम नेपाली जनताको घरमा ड्रग्स भित्रिदा त्यो घरको के हालत होला ?
आज संसारमा युद्धले भन्दा बढि मानिसको ज्यान ड्रग्सले लिईरहेको छ । संसारमा सबैभन्दा ठूलो रकम ड्रग्सको व्यापारमा केन्द्रित छ । समाजमा ८०% अपराध ड्रग्सकै कारणले घट्ने तत्थ अध्ययनबाट देखिएको छ । आज नेपालमा समेत झण्डै एकलाख पचास हजार व्यक्तिहरु ड्रग्समा फसि रहेका छन् र वार्षिक नौ अरब रुपैयाँ ड्रग्सको नाममा नेपालबाट बाहिरीएको अवस्था छ । यहि ड्रग्सको कारणले कति जेल पुगेका छन्, कतिले श्रीमतीको हत्या गरेका छन्, कति घरबार बिहिन भएका छन्, कति सडकमा पुगेका छन्, कति अपराधमा गाँजिएका छन्, कति आमा बाबुको ब्लडप्रेसर, सुगर र हार्टका बिरामीको कारण भएका छन्, कतिले आफै हेपाटाईटिस, एच.आई.भी., टि.वी. रोग बोकि अरुलाई समेत सारी राखेका छन्, कतिले दुर्घटनामा अङ्गभङ्ग गरिरहेका छन् भने, कति गुण्डाहरुको औजार भएर सभ्य समाजलाई दुःख दिन परिचालित भई रहेका छन् । यो मुलुकमा पनि तिन्को लेखा जोखा छैन । भनिन्छ जहाँ ड्रग्स र अपराध हुन्छ त्यहाँ सभ्य र सुरक्षित समाजको कल्पना नै गर्न सकिदैन । नेपालमा पनि असुरक्षा जन्माउने एक कारण भई रहेको छ ड्रग्स । जस्ले यो कुरा बुझ्नुपर्ने हो तिन्ले यस्को भयानकतालाई अझै बुझ्न नसकेको अवस्था छ । हिजो राजा विरेन्द्रले पनि आफ्नो घरमा प्रवेश गरेको ड्रग्सको भयानकतालाई बुझ्न सकेनन् जस्का कारण त्यो वंशनै समाप्त भयो ।
धेरै मुलुकहरुले अहिले ड्रग्सको प्रकोप कति भयानक हुँदो रहेछ भन्ने कुरा राम्ररी बुझ्न थालेका छन् । वेलायतले चीनका युवाहरुलाई ड्रग्स खुवाएर नै युद्धमा हराउने रणनिती बनाएको “अफिमबार अफ चाईना”को नामले अभैm चर्चित छ । अमेरीकाले नेपालको गाँजा त्यो देशमा नपुगोस् भनेर यहाँको गाँजा ओखल्न पैसा त्यसै पठाएको छैन । सद्दाम हुसेनका एउटा छोराले ड्रग्स खाएर गरेका गैर जिम्मेवार हर्कतले उन्लाई ईराकमा यति सम्मको अलोकप्रिय बनायो कि अमेरीकालाई त्यो शासन विरुद्ध जनता उठाउन सजिलो भयो ।

एउटा मुलुकको सभ्य समाज भताभुङ्ग पार्ने मात्र होइन त्यो मुलुकको सार्वभौम सत्तालाई नै समाप्त पार्न महत्वपुर्ण वातावरण तयार गरिदिने ड्रग्सको समस्या रोक्न नेपाल सरकार जति जिम्मेवार हुनु पर्ने थियो त्यो देखिएन तर संसारमा धेरे मुलुक देखे जस्ले यो समस्याको भयानकता बुझेका रहेछन् ।
मैले भारत, बंगलादेश, मलेसिया, ईण्डोनेशिया, थाईलैण्ड, सिङ्गापुर, हङ्ककङ्क, वेलायत, डेनमार्क, स्वीडेन, अमेरीका, ईजराएल, लगायत जर्मनी क्यानडा, मेक्सीको, ईटली, जस्ता देशहरुमा ड्रग्स रोक्न गरीएका प्रयासहरु देख्न, जान्न, र सिक्न पाएँ । युरोप र अमेरीकाका धेरै देशरुले दुव्र्यसनमा पर्न नदिन स्कुल, कलेजमा विशेष पाठ्यक्रम राख्नुको साथै उपचार व्यवस्था पनि सरकारले नै आफ्नो खर्चमा गराईदिने व्यवस्था गरेको रहेछ । सिङ्गापुर, हङ्ककङ्ग जस्ता मुलुकहरुले जेलमा राखेर सुधार गर्ने व्यवस्था चलाएको रहेछ ।

नेदरलैण्ड जस्ता मुलुकले ड्रग्स रोकथाम गर्न नसकी गाँजा चाँहि खान पाउने भनेर विदेशीहरुका लागी गाँजा खाने रेष्टुरेण्ट नै खोल्ने अनुमति पनि दिएको रहेछ । युरोपका स्विजरलैण्ड जस्ता मुलुकमा त हिरोईन खानेहरुलाई छुट्टै पार्क नै बनाईदिने हो कि भन्ने समेतको छलफल चल्न थालेको रहेछ तर मलाई भने ईजरेलमा गरिएको सरकारी प्रयास निक्कै मन प¥यो ।
केहि वर्ष अघि ईजराएली सरकारको नियन्त्रणमा त्यहाँको ड्रग्स हेर्ने कार्यालय र परराष्ट्र मन्त्रालयले संञ्चालन गरेको ड्रग्स व्यवस्थापनमा ईजराएलको मोडल सम्बन्धी तालीममा सहभागी हुने मौका मिल्यो । ईजरेल सरकारले हामीलाई झण्डै चालीस दिन तारे होटलमा राखी त्यस मुलुकले ड्रग्स रोक्न गरेको प्रयास हामीलाई देखायो । त्यो पाठ्यक्रममा मैले पनि ग्रेजुएसन गर्ने मौका पाएँ ।
झण्डै डेड महिना त्यहाँ रहँदा मैले जानकारी लिने मौका पाएँ कि सन् २०४१ मा ईजराएल स्वतन्त्र भएपछि हिटलरको राक्षसी आक्रमण्डबाट बाँच्न संसारभर सरण लिन ज्युज धर्मावलम्बीहरु कोहि अमेरीका, कोही अफ्रिका, कोहि युरोपका मुलुकहरुमा पुगेका रहेछन् । देश स्वतन्त्र भएपछि सबैलाई आफ्नो मुलुकमा फर्कन सरकारले आव्हन गरे अनुसार ज्यूज धर्मावलम्बीहरु आफ्नो देशमा फर्कन थालेछन् । विभिन्न मुलुकबाट ईजराएलीहरु आफ्नो मुलुकमा फर्कने क्रममा फर्किएको देशबाट ड्रग्सको समस्या पनि लिएर आएछन् । विशेष गरी रुस, दक्षिण अमेरीका, ईथोपियाहरुबाट आएका युवा युवतीहरुले तिनै देशबाट ड्रजग्सको समस्या पनि लिएर आएछन् । ईथोपियाबाट आएकाहरुले संस्कृति अन्तर्गत नै रक्सी सेवन गर्ने परम्परालाई पनि बोकि आएका रहेछन् । विभिन्न देशमा शरणार्थी वा अन्य तरिकाले जिवन बिताईरहेकाहरुलाई त्यो देश छोडी नयाँ देशमा आउँदा पहिले त एडजस्ट हुन गाह«ो पनि परेछ । ईजराएल भित्रै पनि युवाहरुमा ड्रग्सको कल्चर बड्दै गएको अवस्थामा बाहिरबाट ड्रग्सका समस्या बोकेर आएका थपिएपछि त्यसदेशमा टढ्कारो गरी यो समस्या देखिन थाले छ ।
इजराएल सानो भएपनि सामरिक हिसाबले जोखिममा रहेको देश थियो । वरिपरीका दुश्मन छिमेकीहरुसँग पनि आफ्नो मुलुक जोगाउन कम जनसंख्या भएको मुलुकको युवाहरु स्वस्थ र जिम्मेवार हुनु जरुरी हुन्थ्यो । त्यसैले त्यो सरकारले ड्रग्सको समस्या रोक्न विशेष प्राथमिकताका साथ काम गर्न थालेछ ।
हामीले देख्यौं ड्रग्स रोकने कार्य स्वास्थ, शिक्षा, समाज कल्याण, गृहमन्त्रालयसँग सम्बन्धीत भएको हूँदा यो काम कुनै खाश मन्त्रालयलाई नदिई प्रधानमन्त्रीले आफैसँग राख्नु भएको रहेछ । प्रधानमन्त्री कार्यालय अन्तर्गत ड्रग्स व्यवस्थापन गर्ने कार्यालय रहेछ र त्यो कार्यालयले ड्रग्ससँग सम्बन्धीत विशेषज्ञहरुको एउटा कमिटी बनाएको रहेछ । त्यो कमिटीले ड्रग्स रोक्ने राष्ट्रिय रणनीती तयार गर्दो रहेछ । प्रधानमन्त्री अन्तर्गत रहेको त्यो कमिटिमा स्वास्थ, शिक्षा, गृह, समाजकल्याण लगायत सबै सम्बन्धीत मन्त्रालयका उच्च अधिकृतहरु सदस्य रहँदा रहेछन् । प्रधानमन्त्री कार्यालयले तय गरेको रणनितीलाई लागु गर्न सम्बन्धीत मन्त्रालयहरुमा पत्र जाँदो रहेछ । हार्म रिडक्सन स्वास्थले, उपचार समाज कल्याणले, जनचेतना शिक्षा मन्त्रालय र स्थानिय विकास मन्त्रालयले र कानून कार्यान्वयन गर्ने काम गृह मन्त्रालयले, आवश्यक ऐन बनाउने काम कानून मन्त्रालयले गरी प्रधानमन्त्री कार्यालयबाट बनाइएको ड्रग्स विरुद्धको रणनिती त्यो देशमा लागु गराईदाँे रहेछ ।

प्रधानमन्त्री कार्यालयमा बस्ने विशेषज्ञहरुले प्रत्येक मन्त्रालयले आ–आफ्नो काम गरे नगरेको अनुगमन गर्नुको साथै आवश्यक बजेट पनि त्यस मन्त्रालयलाई प्रदान गर्दो रहेछ ।
केहि दिन ईजराएलमा रहँदा समाज कल्याणले चलाएको सरकारी उपचार केन्द्र ,स्वास्थले चलाएको हार्म रिडक्सन कार्यक्रमहरु, शिक्षाले चलाएको बृहत स्कुल कलेजको ड्रग्स एजुकेसन कार्यक्रम, स्थानिय विकासले चलाएको टोल टोलमा काउन्सीलिङ्ग कार्यालयहरु, आफ्नो आँखाले देखेपछि म विश्वस्त भएँ कि हाम्रो देशमा पनि बड्दो ड्रग्सको समस्यालाई रोक्न यहि मोडलले काम गर्न सक्छ । हामो्र मुलुकमा पनि यहि मोडल अनुसार ड्रग्स रोक्ने रणनिती अपनाउँदा प्रभावकारी हुनसक्छ ।
ईजराएलबाट फर्किपछि मैले सार्वजनिक रुपबाटै मिडिया मार्फत र मन्त्रालयका पदाधिकारीहरु सामु यो प्रस्ताव राखेँ तर कसैलाई यसतर्फ रुची देखिन । नेताहरुलाई मन्त्री हुनु छ, सांसदहरुलाई म्याद थप्नु छ, पार्टिहरुलाई सत्तामा जानु छ, कर्मचारीहरुलाई सरुवा, बढुवा हुनु छ । यो हुलमा जनताहरु ड्रग्समा परेर रुँदैछन्, मर्दैछन्, रोगी हुँदैछन्, अपराध गर्दैछन्, भन्ने चिन्ता कसैमा देखिँन । त्यसपछि म पनि आफुले सक्ने जत्तिमात्र काम गरेर चित्त बुझाउन बाध्य भएँ ।
अहिले कहिलेकाँही रेडीयो तथा टेलिभिजनका रिपोर्टरहरु मलाई पनि ड्रग्सको क्षेत्रमा केहि जानकारी छ भन्ने ठानेर प्रश्न गर्दछन् कि, ‘नेपालमा बड्दो ड्रग्सको समस्या कसरी रोकिन सक्छ ?’ म यस्को जवाफ दिँदा दिँदा थाकि सकेको छु । हालै एक टि.भी. रिपोर्टरले पनि मलाई यहि प्रश्न सोध्नु भयो, ‘के ड्रग्स रोक्न सकिन्छ ?’ मैले भने, “सकिन्छ” । उन्ले सोधेँ, ‘ त्यस्को लागी के गर्नुपर्छ ।’ मैले झोक्किएरै भने, ‘राज्यले मलाई जिम्मा दिनु पर्छ र मलाई प्रधानमन्त्री कार्यलय अन्तर्गत राखी मैले भनेका मन्त्रालयहरुका कर्मचारी र बजेट दिनुपर्छ ।’ मेरो उत्तरमा ति रिपोर्टर पनि फिस्स हाँसे । उन्लाई मैले हुनै नसक्ने कुरो मागेझैं लागेछ । जो सत्तामा शक्तिमा र जिम्मेवार पदमा बसेका छन् तिन्लाई यो समस्याबारे खासै चिन्ता छैन । जो हामी जस्तो सत्ता शक्ति र जिम्मेवार पदमा छैनौ त्यसले आफ्नो विचार राख्ने बाहेक अरु के नै गर्न सक्छ र ? विचार र चिन्ताले ड्रग्स रोकिने छैन । यस्को लागी ईजराएलमा जस्तो कामै हुन जरुरी छ । त्यो काम गर्ने ज्ञान मलाई पनि छ तर म राज्यलाई चाहिएको छैन ।
राज्यलाई जो चाहिएको छ, तिन्मा न पर्याप्त ज्ञान छ न चाहना नै । यहि गडबडिको अवस्थामा प्रत्येक दिन गुणात्मक ढंगले ड्रग्स बड्दैछ । समाज अपराधमय हुँदैछ । कलिला ज्यानहरु हरेक दिन मर्दैछ । यो रोक्ने कस्ले ? म खोजी रहेको छु त्यो व्यक्तिलाई, त्यो नेतालाई र त्यो कर्मचारी वा मन्त्रीलाई । मलाई यति कुरा थाहा छ, रणनिती बनाई काम गरे “राज्यले ड्रग्स रोक्न सक्छ ।”