राजविराज नगरपालिकावाट घुस सहित रंगेहात ‘खेताला’ पक्राउ, अनियमिततामा कार्यकारीको संगलता

घुस सहित रंगेहात पक्राउ परेका राजविराज नगरपालिकाका पंजिकरण शाखाका प्रमुख लोकेन्द्र चौधरीका भाई प्रकाश चौधरी ।
घुस सहित रंगेहात पक्राउ परेका राजविराज नगरपालिकाका पंजिकरण शाखाका प्रमुख लोकेन्द्र चौधरीका भाई प्रकाश चौधरी ।

जिल्ला प्रशासन कार्यालय जस्तो महत्वपुर्ण निकायको छाप-मोहर एक जना गैर कर्मचारी, नबालकको जिम्मा छाडने कार्य अत्यन्तै गैरजिम्मेवार रहेको सेवाग्राहीको भनाई छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीको कोठा नम्बर १० । यो दर्ता चलानि फाँट हो । त्यसो त दर्ता चलानीलाई सामान्य कामका रुपमा देखिने गरिन्छ । तर जिल्ला प्रशासन कार्यालयवाट हुने सवै जसो काममा यस फाँटको महत्वपुर्ण भुमिका हुने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको दर्ता चलानि फाँटमा कार्यरत श्यामसुन्दर यादवका छोरा वुवाको अनुपस्थितीमा काम गर्दै
जिल्ला प्रशासन कार्यालय सप्तरीको दर्ता चलानि फाँटमा कार्यरत श्यामसुन्दर यादवका छोरा वुवाको अनुपस्थितीमा काम गर्दै

कार्यालयले जारी गर्ने नागरिकता, राहदानि, मधेशी प्रमाण पत्र देखि लिएर मातहत तथा माथिका विभिन्न निकायहरुलाई गरिने महत्वपुर्ण पत्रहरुको समेत दर्ता चलानि गरिनुका साथै अत्यन्तै महत्वपुर्ण मानिने जिल्ला प्रशासन कार्यालयको छाप-मोहर समेत यसै फाँटमा लगाईने गरिन्छ ।
तर यस फाँटमा अधिकांश समयमा कर्मचारीको ठाउँमा एक जना नबालको उपस्थिती देखिने गरिन्छ । उनी नै दर्ता चलानी गर्नुका साथै विभिन्न कागजातहरु उपर प्रशासन कार्यालयको छाप-मोहर समेत लगाउने गर्छन वा भनौ जिल्ला प्रशासन कार्यालयको छाप÷मोहर यीनै नबालकको जिम्मामा रहने गर्दछन् ।
अन्दाजि १४-१५ बर्षका देखिने ती नवालक हुन जिल्ला प्रशासन कार्यालयको दर्ता चलानी फाँटमा कार्यरत कर्मचारी श्यामसुन्दर यादवका छोरा हुन् । वुवा अन्य काममा व्यस्त हुने गरेका कारण आफु यस फाँटको काम गर्ने गरेको ती नबालकले वताए । यद्यपी आफ्नो नाम भने वताएनन् ।
जिल्ला प्रशासन कार्यालय जिल्लाभरीका कार्यालयहरुले दिने गरेको सेवा सुविधा, पारदर्शिता, शुसासन लगायतको अनुगमन गर्ने निकाय पनि हो । खासगरी प्रशासन कार्यालयले गर्ने ‘छडके’को त्रास जिल्लाका अन्य कार्यालयका कर्मचारीहरुमा सहजै देख्न सकिन्छ । तर आफ्नै कार्यालयमा कर्मचारी आचार संहिता र नियम कानुन विपरित एक जना नवालकलाई ‘खेताला’का रुपमा महिनौ देखि खटाईएने गरिएको भएपनि प्रमुख जिल्ला अधिकारी लगायतका जिम्मेवार कर्मचारीहरु भने मौन वसेको सेवाग्राहीहरुको गुनासो छ ।nagarapalika gurang
दुई दिन अघि सेवाग्राहीसँग घुसलिदै गर्दा राजविराज नगरपालिकाका एक जना कर्मचारीलाई प्रहरीले घुस सहित रंगेहात पक्राउ ग¥यो । पछि प्रहरीले अनुसन्धान थाल्दा घुस सहित पक्राउ परेका व्यक्ति नगरपालिकाको कर्मचारीनै नरहेको खुलासा भयो ।
पक्राउ परेका प्रकाश चौधरी नामक उक्त व्यक्ति राजविराज नगरपालिकाका कर्मचारी रहेका आफ्ना दाजु लोकेन्द्र चौधरीको ठाउँमा ‘खेताला’ कर्मचारीको रुपमा काम गर्दै आएका थिए । लोकेन्द्र चौधरी र राजविराज नगरपालिकाका कार्यकारी प्रमुख लगायतका अन्य कर्मचारीहरुकै मिलोमतोमा आफु ‘खेताला’को रुपमा काम गर्दै आएको पक्राउ परेका प्रकाश चौधरीले प्रहरी समक्ष वयान दिएका छन् ।
नगरपालिकाको पञ्जिकरण फाँठका प्रमुख रहेका दाजु लोकेन्द्रको ठाउँमा पछिल्लो एक महिना देखि आफु काम गर्दै आएको प्रकाशले बयानका क्रममा प्रहरीलाई वताएका छन् । सेवा ग्राहीसँग लिएको घुसको रकम ९ हजार ४ सय २ रुपैयाँ सहित प्रकाशलाई पक्राउ गरिएको उनलाई समात्ने प्रहरी टोलीका प्रमुख प्रहरी नायव निरीक्षक टेकनारायण चौधरीले जानकारी गराएका छन् ।
हाल प्रकाश उपर ठगि मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अघि सारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दोषि पाईएको खण्डमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्ग सहितकाहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन सकिने प्रहरीको भनाई छ ।
पछिल्लो समय यता सप्तरीमा ‘खेताला’ कर्मचारीहरुको प्रभाव वढदै गएको देखिन्छ । आफ्नो ठाउँमा आफ्नो भाई, छोरा वा अन्य नातागोताकाहरुलाई राखि काम गराउने परिपाटी गाविस सचिव देखि लिएर अन्य कार्यालयहरुमा समेत बढदै गएको हो । किन नहुनु शुसासन र पारदर्शीताका लागि अन्य कार्यालयहरुको अनुगमन तथा ‘छडके’ गर्ने जिल्ला प्रशासन कार्यालयमै यस्ता गतिविधिहरु देखिएपछि अन्य कार्यालयका कर्मचारीहरुमा यस्तो परिपाटी हावि हुनु कुनै नौलो होईनन् ।gurang
‘अरुको छडके सिडिओले गर्छन, सिडिओको छर्के कसले गर्ने ?’, प्रश्न गर्दै युवा नेता किशोरकुमार यादवले भने, ‘एक जना नवालकलाई खेताला राख्नु अत्यन्तै दुर्भाग्यपुर्ण हो, प्रशासन कार्यालयनै कानुनको धज्जी उडाईरहेका छन् ।’ यसका अतिरीक्त जिल्ला प्रशासन कार्यालय जस्तो महत्वपुर्ण निकायको छाप-मोहर एक जना गैर कर्मचारी, नबालकको जिम्मा छाडने कार्य पनि अत्यन्तै गैरजिम्मेवारी पुर्ण रहेको उनको भनाई छ ।
यता सप्तरीका साहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर आर्यालयले आफ्नो सट्टा ‘खेताला’ राख्नु गैर कानुनि काम रहेको भन्दै त्यस्ता कर्मचारीलाई कारवाहि गरिने वताए । यद्यपी आफ्नो कार्यालयमा यस्तो समस्या नरहेको उनले दावि गरे । उनले भने, ‘कर्मचारीहरुमा त्यस्तो कुनै समस्या देखिन्छ भने हामिलाई खवर गर्नुस, हामि मिलेर त्यसको सामाधान गरौला नी ।’