राजबिराजमा छाडा सुँगुरको आतंक

राजविराज कारागार छेउमा छाडा छाडिएका सुँगुरको बथान ।
राजविराज कारागार छेउमा छाडा छाडिएका सुँगुरको बथान ।

सदरमुकामलाइ सुएटजरलैंड बनाउने खोक्रो भाषण दिदै नथकाने नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङको हठ र एक्लोटी निर्णयका कारण राजविराज नगरपालिका दिनप्रतिदिन बर्बाद तर्फ उन्मुख हुदैछ । नगरको ब्यथिति बारे जति कुरा गरे पनि थोरै हुन्छ ।

राजविराज नगर क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। छाडा सुँगुर नियन्त्रण पनि नगरमा ठूलो समस्याका रूपमा देखिएको छ । फोहोर व्यवस्थापन अभाव र छाडा सुँगुरका कारण नगर क्षेत्र जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा परेको छ ।

५ साउनमा जापानिज इन्सेफ्लाइटिस भएका राजविराज– ९ का एक १२ वर्षीय बालक अमन देवको मृत्यु भइसकेको छ । उनको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । फोहोर व्यवस्थापन हुन नसक्दा विभिन्न डरलाग्दा रोग फैलाउने लामखुट्टेको बिगबिगी बढेको छ ।

राजविराज नगरपालिकाले सरसफाइमा बर्से्नि ४० लाख रुपैयाँ खर्च गर्दै आए पनि नगरमा फोहोरका डंगुर यत्रतत्र छन् । जहाँ छाडा छाडिएका सुँगुरको बथानै देख्न सकिन्छ । जापानिज इन्सेफ्लाइटिस फैलाउने लामखुट्टे फोहोर र सुँगुरबाटै आउने भएकाले नगरमा जापानिज इन्सेफ्लाइटिसको त्रास बढेको हो । नगरपालिकाले अहिलेसम्म लामखुट्टे मार्ने सामान्य विषादीसमेत छर्कन सकेको छैन ।DSCF2263

नगरको फोहोर व्यवस्थापनका लागि गत वर्ष युवा सशक्तीकरण संघको सहकार्यमा करिब २४ लाख खर्चेर वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत नगरको मुख्य क्षेत्र र केही वडामा फोहोर संकलन गर्न दुई खाले भाँडो राखिएको थियो । तर, दुई सातामा मात्र फोहोर संकलन हुने गरेकाले जथाभावी फोहोर थुपार्ने समस्या ज्युका त्युँ रहेको छ ।

‘तर, नगरपालिकाले समयमा नउठाउँदा भाँडो भरेर ओभरलोड भई फोहोरको डंगुर नै बन्ने गरेको छ ।’ अहिले राजविराज नगरपालिकासँग दुईवटा ट्रयाक्टर र सरसफाइको काम गर्ने दैनिक ज्यालादारीका १८ जना कर्मचारी छन्।

नगरपालिकाले अधिकार र कानुन पालना गराउन नसक्दा नगरका विभिन्न क्षेत्रमा अतिक्रमण बढेको छ । सदरमुकामसमेत रहेको राजविराजमा सर्वसाधारणसँगै सेवाग्राहीको चाप बढ्दो छ । नगरका भित्री सडक सञ्चालनमा ल्याइए मुख्य सडकमा चाप कम हुने देखिन्छ । तर, नगरका अधिकांश भित्री सडक डम्पिङ साइट बन्नुका साथै र अतिक्रमणको चपेटामा परे पनि त्यसतर्फ नगरपालिकाको ध्यान पुग्न सकेको छैन । ‘नगरपालिकाको कानुनबारे नगरवासी पूर्ण जानकार छैनन्,’ कार्यकारी अधिकृत विष्णु गुरुङले भने, ‘हामीले पनि उनीहरूलाई जानकारी गराउन सकेका छैनौ । यो हाम्रो नियन्त्रण बाहिरको कुरा हो, हामी सकिरहेको छैनो तर प्रयास जारी छ ।’

जिल्ला जनस्वाथ्य प्रमुख विजय कुमार झाले समयमै नगर भित्रको फोहोर ब्यबस्तापन नगरिए ठुलो समस्या उत्पन हुनेछ ।