राजनितिक आस्थाका आधारमा न्यायाधिस नियुक्ती हुदैन् : प्रधानन्यायाधिस, उपसभामुख यादव विरुद्ध प्रधानन्यायाधिसलाई उजुरी

प्रधानन्यायाधीश सुशिला कार्की
प्रधानन्यायाधीश सुशिला कार्की

प्रधानन्यायाधीश सुशिला कार्कीले ‘मुद्दा हरयो कि न्यायाधीशले घूस खायो’ भन्ने चलनले न्यायालयको वदनाम भईरहेको वताएकी छिन् । प्रसिद्व शक्तिपीठ छिन्न्मस्ता भगवती मन्दिरको दर्शन गर्न सप्तरी आएकी कार्कीले राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासमा आयोजित एक कार्यक्रममा वोल्दै यस्तो वताएकी हुन् । ‘न्यायलय भित्र भ्रष्टाचार र राजनीतिक प्रभाव छैन चै भन्न सकिदैन’ उनले भनिन्–‘तर, जुन रुपमा भ्रष्टाचारको कुरा वाहिर आउँछ, त्यो अनुपातमा चै छैन ।’ उनले भ्रष्टाचारलाई निर्मूल गर्न र अदालतहरुलाई बलियो बनाउन आफूहरुको प्रयास निरन्तर जारी रहेको पनि वताईन् ।

‘न्यायालयमा कहिलेकाहीँ भ्रष्टाचारको हावा पनि बग्छ’ उनले थपिन्‘त्यो हावाले राम्रा छवीका न्यायाधीश माथि पनि दाग लगाउने गरेको छ ।’  उनले कुनै तलाउमा एउटा  मरेको भ्यागुतो परेकै कारण पुरै तलाउ नगनाउँदै तर्क प्रश्तुत गर्दै कुनै एउटा ब्यक्तिले गरेको गल्तिका आधारमा न्यायालयकै वदनाम गर्न नहुने वताईन् ।

भ्रष्टाचार एक्लै कसैले गर्न नसक्ने बताउँदै उनले दिने व्यक्ति पनि भ्रष्टाचारी भएको जिकिर गरिन् । न्यायालयमा रहेको राजनीतिक प्रभावका वारेमा वोल्दै कार्कीले अहिले मुलुकमा राजनीतिबाट कोहि पनि अछुतो नरहेको बताइन् । तर, राजनीतिको प्रभाव न्याय क्षेत्रमा नपरेको उनको भनाई छ । ‘राजनितिवाट अछुतो चै कोहि पनि छैन, तर यो क्षेत्रमा आएपछि चै राजनीतिक विचार बन्द गर्नु पर्छ’–उनले भनिन्।

समावेशी र समानुपातिक सुविधाका लागि संविधान र कानुनले नै ब्यवस्था गरिसकेकाले त्यसको प्रभावकारी कार्यान्यन हुनु पर्नेमा उनको जोड थियो । ‘संविधान र कानुनमा ब्यवस्था भएपछि समावेशी, समानुपातिक सुविधा लागू हुनुपर्छ’ उनले भनिन्, ‘तर त्यसो गर्दा योग्यतालाई पनि ख्याल गर्नुपर्छ ।’
प्रधान न्यायाधीश कार्कीले उच्च अदालत जनकपुर, राजविराज इजलाश र मलेठ गाविसस्थित अदालत भवन निर्माणका लागि ठिक पारिएको जग्गाको निरीक्षण समेत गरेकी छिन् ।

प्रधानन्यायाधिस कार्कीले समानुपातिक समावेशीका नाममा आलो काचो ब्यक्तीलाई न्यायधिस वनाउन नसक्ने बताएकी छन् । न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्यषय सम्पादन गर्न सक्ने र कानुनमा बिज्ञता हासिल गरेका ब्यक्ती मात्र न्यायधिस हुने सक्ने उनको तर्क छ ।

DSC08902सप्तरी सदरमुकाम राजविराजमा शुक्रवार बिहान संचारकमीृहरुसित कुरा गर्दे प्रधानन्यायाधिस कार्कीले भने,‘न्यायपालिका समाबेशी र समानुपातिक हुनुपर्छ भन्ने कुरामा म पनि सहमत छु तर न्यायधिस नियुक्ती गर्ला ब्यक्तीको सक्षमता,बिज्ञता,अध्यन सबैलाई ख्याल गरिनुपर्छ समाबेशी समानुपातिकका नाममा आलोकाचोलाई न्यायाधिस वनाउन सकिदैन् ।’

उनले भने,‘बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समाबेशी समानुपातिकमा नियूक्ती हुनुपर्छ भनेर हुदैन् ।’ न्यायधिसलाई मन्त्री पदसित दाज्न नहुने प्रधानन्यायधिस कार्कीले बताए । न्यायपालिकामा भ्रष्टाचारको विषयमा सोधिएको प्रश्नमा प्रधानन्यायाधिस कार्कीले भने,‘एकदमै हुदैन् भनेर भन्न सक्दिन तर बिना कारण आरोप समेत लगाइने गरिएको छ ।’

सोहि क्रममा हनुमाननगर योगिनीमाई नगरपालिका १ वस्ने मोहन माझी यादवले न्यायालयलाई छलि अपराध गरेको भन्दै उपसभामुख गंगाप्रसाद यादव विरुद्ध कार्कीलाई उजुरी पत्र वुझाएका थिए । खामवन्दी उजुरी ग्रहण गर्दै कार्कीले अध्ययन पश्चात आवश्यक कारवाही प्रक्रिया अघि वढाउने आश्वासन दिएकी थिईन् ।