युवा पत्रकार शुभनारायण यादवलाई मातृशोक

shubh narayanसप्तरीका युवा पत्रकार शुभनारायण यादवलाई मङ्गलवार मातृशोक परेका छ । विगत डेढ वर्षदेखि दम रोगबाट पीडित रहँदैआएकी उनकी ४८ वर्षिया आमा मुनेश्वरी देवी यादवको निधन भएको हो । मङ्गलवार साँझ करिब पाँच बजेको समयमा सप्तरीको बरहीबीरपुर गाविस वडा नम्वर–७ स्थित आफ्नै निवासमा उनको स्वास–प्रश्वासमा समस्या भई निधन भएको पत्रकार यादवले जानकारी दिए ।

दिवंगत आमाको पार्थिव शरिरलाई हिन्दू परम्परा अनुसार जन्मस्थान बरहीबीरपुरमै गरिने उनले बताए । पत्रकार शुभनारायण विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका छन् । उनी सामुदायिक रेडियो छिन्नमस्ता एफएम, राजविराज दैनिक, माउण्टेन टेलिभिजन, मधेश स्पेशल अनलाइन लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत रहेका छन् ।

बौवालाल यादवका दिवंगत पत्नी मुनेश्वरी देवीका एकमात्र छोरा शुभनारायण, दुई छोरी रहेका छन् ।

यसैबीच पत्रकार यादवकी ममतामयी माता मुनेश्वरीको असामयिक निधनको खबरले आफूहरु मर्माहत भएको भन्दै तराई संचार समूह र मधेशी पत्रकार संघ सप्तरीले दुःख व्यक्त गरेको छ । समूहका केन्द्रिय अध्यक्ष बैद्यनाथ यादवले र  संघका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलवारै  छूटा छुटै  प्रेस जारी गर्दै संघका सह–सचिव समेत रहेका पत्रकार यादवकी दिवङ्गत आमाको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्प्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यसैगरी मैथिली साहित्य परिषद् राजविराज सप्तरीका अध्यक्ष शुभचन्द्र झाले मैथिलीकर्मी पत्रकार यादवकी ममतामयी आमा मुनेश्वरीको असामयिक निधनले आफूहरु मर्माहत भएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्प्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।