यस वर्षको एसएलसी परीक्षा आजबाट शुरु, सप्तरी दुई निरीक्षक निलम्वन

slc-2072 (3)यस वर्षको एसएलसी परीक्षा आज बाट देश भर शुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीले अंग्रेजी विषयको परीक्षा दिइरहेका छन । परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै सप्तरीमा दुई जना निरीक्षकलाई कार्वाही गरिएको छ ।

राम दयाल उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षक रामबाबु यादव र रोहित साहलाई कार्वाही गरिएको हो । परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै उनीहरु दुवै जनालाई निलम्वन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

एसएलसी परीक्षाको पहिलो दिन नियमित तर्फ २ सय ९१ तथा एक्ज्याम्टेडतर्फ ९९ गरी कुल ३ सय ९० परिक्षार्थी अनुपस्थित भएको शाखा अधिकृत सुरेस प्रसाद सिंहले जानकारी दिएका छन् । परीक्षालाई मर्यादित बनाउन स्थानीय प्रशासनसँग समन्वय गरी शिक्षा कार्यालयले ४१ वटै परिक्षा केन्द्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गर्नुका साथै नियमित अनुगमनकालागि विभिन्न ६ वटा टोली समेत केन्द्रहरुमा खटाईएको छ ।
प्रमुख जिल्ला अधिकारी वलदेव गौतम, शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत प्रेम उपाध्याय, शिक्षामा शाखाका अधिकृत सुरेश प्रसाद सिंह, नेपाल प्रहरीका एसपी भिमप्रसाद ढकाल, सशस्त्र प्रहरी कार्यालय राजविराजका एसपी दमन थापा लगायतको छुट्टाछुट्टै टोलीले परीक्षा केन्द्रहरुमा अनुगमन गरिरहेको जनाईएको छ ।

यता सप्तरीको ३ वटा परिक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएको छ । ब्रह्मपुर परीक्षा केन्द्रमा कोशिलादेवी चौधरी, मावि भुर्कि सितापुरमा गीता यादव र उच्च मावि बलुवा सितापुर परीक्षा केन्द्रमा ललिता साहलाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको जिल्ला शिक्षा अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिए छ । यसैगरी अपहरण सम्वन्धि मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सिरहाका जितेन्द्र कुमार यादवले कारागारवाटै परीक्षा दिएका छन् । उनको क्रमांक ११६२२४२ ‘पि’ रहेको छ ।

यस वर्षको एसएलसीमा जिल्लावाट नियमिततर्फ ९ हजार १ सय २४ तथा एक्ज्याम्टेडतर्फ ६ हजार ७ सय ३० गरी कुल १५ हजार ८ सय ५४ परिक्षार्थी सहभागी भएका छन् । सप्तरीको सदरमुकाम राजविराजमा ५ र सदरमुकाम वाहिर ३६ गरी कुल ४१ वटा परीक्षा केन्द्र निर्धारण गरी शान्तिपूर्ण वातावरणमा परीक्षा भईरहेको शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

पर्सा जिल्लाबाट एस.एल.सी. परीक्षाको लागि नियमित तर्फ ६ हजार १ सय १७ जना र इक्जाम्टेड तर्फबाट १ हजार ९ सय १९ जना विद्यार्थीहरु परीक्षामा सामेल भएका छन् ।आज भएको अङ्ग्रेजि विषयको परीक्षामा विद्यार्थीहरुले शान्त रुपमा परीक्षा दिएका छन् भने हिजोका दिनमा परीक्षा केन्द्रमा अभिभावको घुइचो लाग्ने गर्दथ्यो त्यसतो परम्परा हटेको पर्साका प्रमुख जिल्ला अधिकारी केशव रज घिमीरेले बताएका छन् ।

तराई मधेश आन्दोलनले विधार्थीहरुको निकै समय पढाई अन्योल भएको थियो तर कोचिङ्ग, टिउसन लगायतको तयारीले परीक्षामा खासै अफ्ठयारो नहुने प्रजिअ घिमिरेले जानकारी गराए । यससंगै यसवर्ष कारागार चलान भईसकेका १० जना कैदिले एस.एल.सी परिक्षा दिईरहेका छन् । उनिहरुको व्यवस्था कारागार परिसर मै मिलाइएको हो । उता महोत्तरीमा सुरक्षा निकायले परिक्षा केन्द्रको वरिपरि पारामिटर तोकिएको र त्यसको उल्लंघन गर्नेलाई कारवाही गर्ने कार्य समेत सुरु गरे पनि महोतरीको विभिन्न परीक्षा केन्द्रहरुमा चिट चोर्ने कार्य र केन्द्र वरिपरि बढी होहल्ला गर्ने कार्य रोकिएको छैन ।

एसएलसी परीक्षा समन्वय समितिको टोलीले  महोतरीको विभिन्न परिक्षा केन्द्रबाट विहिवार आठ बोरा भन्दा बढी चिट बरामद गरेको छ । एसएलसी परीक्षा समन्वय समितिले दायित्व निर्वाह नगरेको भन्दै राम उच्चमावि मटिहानीबाट एकजना निरक्षकलाई निकाष्सित गरेको छ । श्री जनता रा मावि धमौरा परिक्षा केन्द्रबाट बीरेन्द्र कूमार यादवलाई  पक्राउ गरि सार्वजनिक मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय महोतरी प्रहरी नायव उपरीक्षक विनोद सिलवालले बताए ।

उनका अनुसार परीक्षामा शान्ति सुव्यवस्था कायम गर्न सादा पोशाकबाहेक जिल्लाभरका केन्द्रमा २ दर्जनभन्दा बढी सुरक्षा टोली परिचालन गरिएको छ । योग कुमार उच्च मावि बलवा परिक्षा केन्द्रबाट २ जना, दुर्गा उच्च मावि परिक्षा केन्द्र मनराबाट १ जना र जनता राष्ट्टिय उच्च मावि धमौरा  केन्द्रबाट ७ जना गरी १० जना विधार्थीलाई आजको परीक्षाबाट बंचित हुने गरि निष्कासन गरिएको हो । एसएलसीमा यो वर्ष जिल्लाबाट २८ वटा परीक्षा केन्द्रहरुमा  १ सय ४ माविका १२ हजार ३ सय १७ परीक्षार्थी  उपस्थित रहेका छन ।  त्यसै गरि रौतहटमा दुई परिक्षा केन्द्र बाट चार जना निरिक्षकलाई निस्कासन गरिएको छ ।

आज भएको पहिलो दिनको अनिवार्य अग्रेंजी विषयको परिक्षामा अमार्यादित काम गरेको भन्दै परिक्षा अनुगमन टोलीले चार जना निरिक्षकलाई निस्कासन गरेको छ । यस वर्ष कुल २६ परिक्षा केन्द्र बाट दश हजार एक सय चौबन्न विद्यार्थीले प्रवेशिका परिक्षा दिदै छन ।पहिलो दिनको परिक्षामा नियमीत तर्फ २ सय ५३ परिक्षार्थी अनुपस्थीत भएका छन भने एक्जाम्टेड तर्फ ९३ परिक्षार्थी अनुपस्थीत भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । बुटवलमा एसएलसी परीक्षामा ४जना दृष्टिबिहीन एसएलसी परीक्षामा सहभागि भएका छन् । उनीहरुले सहयोगि राखि परीक्षा दिएका छन् ।

उनीहरुलाई साढे ४ घण्टाको समय दिईएको छ ।रुपन्देहीको गृर्वाण संस्कृत उच्च माबि मा परीक्षा दिका छन् ।यो बर्ष रुपन्देही जिल्लावाट १४१ वटा संस्थायत र १४२ वटा सामुदायीक बिद्यालयका गरी नियमित तर्फ कुल १२ हजार ४ सय ९९ जना बिद्यार्थी मध्य १२ हजार ४ सय ६० ले परीक्षा दिएका छन् ।रुपन्देहीमा १५ वटा बिद्यालयवाट प्राबिधिक शिक्षावाट पनि परीक्षा दिएका छन । परीक्षा सम्पन्न गर्न ५२ परीक्षा केन्द्र राखिएको छ । त्यसैगरि पटकको प्रबेशिका परीक्षामा रुपन्देहीबाट १४ हजार ५ सय ८८ बिद्यार्थी सहभागी  भएका छन् ।

ति मध्ये पनि २१ जना फरक प्रकृतिका  परीक्षार्थि रहेका छन् ।परीक्षामा सहभागी बिद्यार्थी मध्ये नियमित तर्फ १२ हजार ४ सय ७९ र एक्जाम्टेड तर्फ २ हजार १९ बिद्यार्थी रहेका छन् । फरक प्रकृतीका बिद्यार्थी मध्ये ४ जना दृष्टी बिहीन बिद्यार्थी रहेका छन् । दृष्टि बिहीन बिद्यार्थी पढाउदै आएको शान्ति नमुना उच्च माबिले २०५६ साल देखी दृष्टि बिहीन बिद्यार्थीलाई प्रबेशिका परीक्षामा सहभागी गराउदै आएकाृ छ । उता जिल्ला कारागार भैरहवामा रहेका एक बन्दीले पनि परीक्षा दिएका छन् । भैरहवा गल्लामण्डी घर भएका फैयाज अहमद डाका मुद्दामा अपराध कसुरमा ६ बर्षको सजायमा कारागारमा रहेका छन् ।

पाँच बर्षको सजाय पुरा गरी सकेका अहमद कारागार स्थित महिला सेल कक्षमा बसेर परीक्षा दिएका छन् । ।एता पर्वतमा परीक्षामा पर्वतबाट चार हजार तीन सय ८१ परिक्षार्थी सम्मिलित भएका छन् । ती मध्ये दुई युवाले भने फरक परिवेशबाट परिक्षामा सहभागी जनाएका छन् । बागलुङ पैञ्युपाटा ३ का सुमन परियार र बाग्लुङ नगरपालिका ३ गुठीका कृष्ण रोका यस बर्षको एसएलसी परीक्षामा कारागार भित्रैबाट सहभागिता जनाएका छन् । दुई बर्ष अघि लागु औषध कारोबार अभियोगमा सजाय भुक्तान गर्दै आएका परियार र रोकाले पर्वत जिल्ला कारागारबाट परिक्षा दिएका हुन् ।

यस बर्ष पर्वतबाट नियमित तर्फ तीन हजार तीन सय २२ र इक्जाम्टेड तर्फ एक हजार ५९ विद्यार्थी गरी चार हजार तीन सय ८१ विद्यार्थी सम्मिलित भएका छन् । त्यस्तै यस बर्षको प्रबेशिका परिक्षामा पर्वतबाट ३६ जना विद्यार्थीले परिक्षामा सम्मिलित हुन नपाउने भएका छन् । नियमित हाजिरिमा ७५ प्रतिशत पुग्न नसकेपछि  विभिन्न विद्यालयबाट ३६ विद्यार्थी सहभागी हुन नपाउने भएका हुन् ।उता सुनसरीमा पन्ध्र हजार नौ सय अट्ठाईस जनाले मर्यादित रुपमा अङ्ग्रेजी विषयको परीक्षा दिएका छन । कुल परीक्षार्थीहरुमध्ये ४ जना कैदीबन्दीले क्षेत्रीय कारागार झुम्काबाट परीक्षा दिएका छन ।

त्यस्तै धरानको ज्ञान चक्षु विद्यालयका ९ जना अपाङ्गता भएका र १०४ जना खुल्ला विद्यालय अध्ययन गरेकाले पनी परीक्षामा सहभागिता जनाएका छन् ।  यो बर्षको परीक्षामा ४५ बर्षीय कृष्णबहादुर श्रेष्ठ र बुधनलालसिह गनगाईले पनि परीक्षा दिएका छन् । सुनसरी जिल्लको ४६ परीक्षा केन्द्रमा  १५ हजार ९ सय ४६ जना विद्यार्थीले परिक्षा दिइरहेका छन् ।उतासुदूरपश्चिममा आजबाट सुरु भएको एसएसली परीक्षामा ७ नं प्रदेश अन्तर्गत पर्ने सुदूरपश्चिमाञ्चलबाट ७१ हजार ५८ विद्यार्थी सहभागी भएका छन् ।

प्राविधिकसहित नियमित तर्फ ४५ हजार पाँच सय र आंशिकतर्फ २५ हजार पाँच सय २३ विद्यार्थी सहभागी भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले जानकारी दिएको छ ।  गत वर्ष ४५ हजार ३ सय ४२ नियमित तथा २४ हजार ४ स्य २४ आंशिक गरी ६९ हजार ७ सय ६६ ले एसएसली परीक्षा दिएका थिए । सुदूरपश्चिममा सवैभन्दा बढी कैलाली जिल्लाबाट २० हजार ३ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।