यसवर्ष किसानहरुका लागि मलको झमेल नहुने

chemicalfertilizer222विगतको वर्ष झै यस वर्ष मलको हाहाकार नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । विगतका वर्षहरुमा किसानहरुले मलकै कारण विभिन्न झमेलाहरु बेहोर्दै आएपनि यस वर्ष नेपाल सरकारले कृषकहरुका लागि चाहिने मल पर्याप्त भित्रिसकेको कार्यालयका क्षेत्रिय प्रबन्धक राजेन्द्र बहादुर कार्किले बताएका छन् ।

प्रत्येक वर्ष नेपालका कृषकलाई चाहिने ३ लाख ५० हजार मैट्रिक टन मध्ये ३६ लाख बोराको १ लाख ८० हजार मैट्रिक टन युरिया, ७० हजार मैट्रिक टन डि.एपी र ५ हजार मैट्रिक टन पोटास खरिद भएर नेपाल भित्रिसकेको उनले बताए । बाँकि रहेका मल खाद्य केहि दिनमै गोदाममा भित्रिसक्ने कार्किले बताए । नेपाल सरकारले चालु आर्थिक वर्षमा कृषि समाग्री कम्पनी लिमिटेडलाई १ लाख ८५ हजार मैट्रिक टन, नेशनल टेडिङ्ग लाई ८० हजार मैट्रिक टन र गर्भमेन्ट टु गर्भमेन्ट ८५ हजार मैट्रिक टन खरिद गर्न अनुमति दिएको हो ।

नेपाल सरकारले खरिद गरेको १९ सय ५० रुपैया मध्ये १ हजार ५० रुपैया प्रत्येक बोरामा अनुदान दिने गर्दछन् । सरकारले कृषकहरुलाई ९ सय रुपैयामा प्रति रुपैया उपलब्ध गराउदै आएको हो । यसरी अनुदानमा उपलब्ध गराएको मल कतिले मौकाको फाईदा उठाउँदै भारतिय बजार तथा बोरा परिवर्तन गरि विक्रि वितरण गर्ने गर्दछन् । खासगरी धान रोपाईको सिजन संगै नयाँ बाली लगाईने समयलाई मध्य नजर गर्दै युरिया, डि.ए.पी र पोटास भारतबाट निर्यात गरि सरकारले व्यवस्था गराएको हो ।

क्षेत्रिय कार्यालय अन्तर्गत अहिले सरकारको स्वमित्वमा रहेको चार वटा निजि तथा वीरगंज चिनी कारखाना, भुटनदेवी र नेशनल टे«निङ्ग लिमिटेडको गोदाम भाडामा लिएर गोदाममा ३ लाख ५० हजार बोरा मल भण्डारण भईसकेकाले धान रोपाईको समयमा कृषकहरुलाई समस्या नहुने क्षेत्रिय प्रबन्धक कार्किले बताए । उनका अनुसार क्षेत्रिय कार्यालयले हेर्ने ७ जिल्लाबाहेक पश्चिमाञ्चलका पर्वत, दमौलि, पोखरा, नवलपरासी, गोर्खा जिल्लामा रहेका गोदाममा ३ लाख बोरा मल मौज्दात रहेको छ ।

‘अहिले विक्रि अनुसार यस कार्यालयले प्रत्येक जिल्लामा मल पठाईरहेको र मौज्दात अनुसार यसवर्ष नेपालमा मलको हाहाकार नहुने क्षेत्रिय प्रबन्धक कार्किले ठोकुवा गरे’ । प्रत्येक वर्ष विभिन्न जाल झेलले कृषकहरु समयमै मल खाद नपाउँदा र खासगरी सहकारीहरुबाट बढी दुःख भौग्दै आएकाले यस वर्ष गाँऊमा रहेका सहकारीहरु मार्फत परादर्शी तरिकाले मल वितरण गरिने उनले बताए ।