यमन बिस्फोटमा ३५ जना मारिए

131230015144-russia-blast-4-horizontal-gallery...-300x168यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा ३५ जना मारिएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटमा २४ जना घाइते भएका छन् ।

केही घाइतेको अबश्था चिन्ताजनक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।  यमनमा आइएसको आक्रमणमा परी  अहिलेसम्म ६ हजार ४ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा आधाभन्दा बढी सर्वसाधारण छन् ।