यती एयरलाइन्सको विमान दुर्घटना, सबैजना सकुशल

Yeti Air t (1)यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौँबाट भैरहवा उडेको जहाज अवतरणका क्रममा पछाडिका दुवै पाङग्रामा खराबी आएपछि दुर्घटनामा परेको हो ।

नाइन एन एआइबीे विमान अवतरणका क्रममा दुर्घटना हुँदा पाँच यात्रु सामान्य घाइते भएका छन् । पाङग्रामा खराबी आएपछि विमान घस्रेर रन वे भन्दा बाहिर गएको थियो । विमानको अगाडिको भागमा पनि क्षति पुगेको छ । विमानमा २५ यात्रु र चालक दलका तीन सदस्य सवार थिए ।

‘यति एयरलाइन्सको उडान नम्बर ८९३ नम्बरको विमान अपरान्ह ४ बजेर ५४ मिनेटमा धावनमार्गबाट करिव डेढ सय मिटर बाहिर पश्चिमतर्फ ‘स्किड’ भएर झाडीसहितको खाल्डोमा परेको थियो,’ गौतमबुद्ध विमानस्थलको एयर ट्राफिक कन्ट्रोल शाखाका एक अधिकारीले भने ।

सबै यात्रु सकुसल छन् र अा-आफ्नो गन्तब्यतर्फ लागेका छन् । विमान के कारणले ओभरसुट भयो ? भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ ।1 (2)

भैरहवास्थित जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।