म चाँडै जनकपुर आउँछु ‘मोदी’

ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदी ।
ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ जान नपाएकोमा दुःख व्यक्त गर्दै आफू चाँडै समय मिलाएर आउने बताएका छन् ।

सार्कको १८ औं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका प्रम मोदीले मंगलबार भारतीय सहयोगमा वीर अस्पतालमा निर्मित ट्रमा सेन्टरको हस्तान्तरण कार्यक्रम बोल्दै उनले भने, ‘म जनकपुरधाम, लुम्बिनी र मुक्तिनाथबासीलाई विश्वास दिलाउन चाहन्छु म चाँडै समय मिलाएर आउनेछु’ उनले स्थलमार्ग बाटै आउने भएपनि समय अभावमा यस पटक आउन नसकेको बताए ।

‘पहिलो पटक आउँदा जनकपुर जान सकिन अर्को पटक जान्छु भनेको थिएँ तर अहिले पनि आउने इच्छा हुँदा हूँदै पनि जान सकिन । यसबाट नेपाल र भारतको जनताको भावनामा के भएको छ मैले बुझेको छु । यसले जनकपुरका जनता जसले मेरो उपस्थिति नहँुदा कष्ट भएको छ । म निकट भविष्यमा तपार्ई प्यारो टाढै बसेर पनि महसुस गर्दै विश्वास दिलाउँछु म आउने छु ।’

मोदीले समकक्षी कोइरालालाई समयमै संविधान बनाउन सुझाव दिदै गणीतिय हिसाबले होइन सहमतिको आधारमा संविधान बनाउन आग्रह समेत गर्नुभयो । मोदीले भने, ‘संविधान बनाउनमा विलम्ब भयो जति सक्दो छिटो संविधान बनोस संविधान सहमतिमा होस, संख्याको बलमा होइन यसले नेपालको भलो गर्दैन ।’

प्रम मोदीले नेपालमा प्रतिबन्धित रहेको ५ सय र १ हजारको भारु नोट आजैबाट चलनचल्तीमा ल्याउन र २५ हजार हजार सम्म भारतीय रुपैयाँ साथमा राखेर सीमा वारपार गर्न सकिने बताए । यो निर्णयले भारतीय सीमानासँग जोडिएको तराइृका बासीहरु मोदीको प्रशंसा गरेका छन् । भारतको विभिन्न स्थानमा कार्यरत नेपालीहरु र भारतीय पर्यटक समेत मोदीको निर्णइबाट खुशी भएका छन् ।

मोदीको भ्रमण जनकपुर निश्चित भएपनि सरकारको रबैया र खस्किदो कुटनितिज्ञका कारण अन्तिम समयमा स्थगित भएको हो । मधेशी मोर्चा सहितका दलले सरकारको रबैयाको विरुद्ध सडकमा उत्रेपछि मोदीका भ्रमण स्थगित नभएको कुरा भारतीय दुतावास र सरकारले स्पष्ट पारेका थिए ।

मोदीले जनकपुरमा भाषण गर्ने र ३ हजार साइकल वितरण गर्ने भनी चर्चाले रकार गम्भिर बनेको थियो । साइकल दिँदा नाकार तर हेलिक्प्टर, ट्रमा सेन्टर, प्रहरी एकेडेमी भवन निर्माण लगायतका सहयोग लिन लम्पसार पर्ने सरकारको रबैया मधेशी विरोधी भएको सर्वत्र चर्चाको विषय बनेको छ ।