मोर्चा चुनाव वाट भाग्न खोज्या छैन : वरिष्ठ उपाध्यक्ष साह

पार्टी कार्यकर्ताका साथ सदभावनाका बरिष्ठ नेता साह ।
पार्टी कार्यकर्ताका साथ सदभावनाका बरिष्ठ नेता साह ।

राजविराज ।

सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले आफुहरु निर्वाचन विरोधी नरहेको वताएका छन् । सप्तरी जागरणसँगको विषेश कुराकानीका क्रममा साहले यस्तो वताएका हुन् ।

‘आफुहरु चुनाव विरोधी होईनौ, नत्र चुनाववाट भाग्नै खोजेका छौ’, साहले भने, ‘संविधान संशोधन तथा स्थानिय निकाय पुर्नसंरचनामा आफुहरुले उठाएका मुद्दा सरकारले सम्बोधन गर्न सके चुनाव जान सक्ने अवस्थालाई नकार्न सकिदैन ।’

‘बर्तमान अवस्थालाई विश्लेषण गर्नेहो भने मोर्चाले सरकार र सदन दुवैसँग सम्बन्ध विच्छेद गर्ने समय आईपुगेको छ, अबको २४ वा ४८ घण्टाले हाम्रो सम्बन्धको भविष्य तय गर्ने हो ।’
– नवलकिशोर साह
बरिष्ठ उपाध्यक्ष, सदभावना पार्टी

यद्यपी प्रतिपक्षी एमाले तथा शत्ता पक्ष दुवैको रवैया मधेश विरोधी रहेको उनको भनाई थियो । अबको २४÷४८ घण्टाले मोर्चाको सरकार तथा सदनसँगको सम्बन्धलाई निर्देशित गर्ने उनले वताए ।
‘बर्तमान अवस्थालाई विश्लेषण गर्नेहो भने मोर्चाले सरकार र सदन दुवैसँग सम्बन्ध विच्छेद गर्ने समय आईपुगेको छ’, उनले भने, ‘अबको २४ वा ४८ घण्टाले हाम्रो सम्बन्धको भविष्य तय गर्ने हो ।’
बाहिर जेजस्तो कुरा गरेपनि मधेशको अधिकार तथा पहिचानको सवालमा काँग्रेस, माओवादी र एमालेको धारणा उस्तै उस्तै रहेको साहको गुनासो छ । एमाले विरुद्ध वर्तमान सरकारलाई मोर्चाले सघाएको सवालमा बोल्दै साहले भने, ‘आलोचना गर्नेहरु वर्तमान सरकारलाई किन सहयोग ग¥यो भनेर हाम्रो आलोचना गर्ने गर्दछन् तर संसदमा आफु शक्तिमा नहुँदा उद्देश्य प्राप्तीका लागि कसै न कसैसँग सहकार्य गर्नु पर्ने अन्तिम विकल्प सम्म हामिले लचकता अपनायौ ।’
अधिकार प्राप्तीका लागि आफुहरुले सडक देखि सदन सम्म सवै विकल्पहरुमा छलफल तथा सहकार्य गरेको वताउँदै साहले अन्तिममा आएर काँग्रेस–माओवादी गठबन्धनले समेत आफुहरुलाई धोका नै दिएको आरोप लगाए । सदनवाटै हाम्रो समस्या समाधान हुन्छ की भनेर आफुहरुले वर्तमान सरकारलाई मात्रै सघाएको उनको भनाई छ ।
‘सरकारमा सहभागि भएर मन्त्री वन्नलाई हामिले समर्थन जनाएको हैन’, उनले भने, ‘तर अब त्यहाँवाट पनि समाधान हुन्छ भनि लाग्दैन, अब कडा कदम नै चाल्नु पर्ने अवस्था आईसकेको छ ।’ हाल काठमाण्डौमा मोर्चाको बैठक जारी रहेको वताउँदै साहले बैठकले आगामि रणनीति तय गर्ने वताए ।
राजनीतिक द्वन्द्व समाधानका लागि आफुहरुले सक्दो लचकता अपनाएको वताउँदै साहले अहिले पनि आफुहरु विकल्पका वाटो खुला राखेको वताए । यद्यपी प्रादेशिक चुनाव अघि स्थानिय निकाय चुनावको कुनै तुक नभएको उनको टिप्पणी छ ।
आन्दोलनको अवस्थामा मोर्चाका नेताहरु आफैलाई आएर मधेशमा सक्रिय हुनुपर्ने उनको धारणा छ । ‘मधेशी जनताले आन्दोलन गर्ने अनि हामि नेताहरु राजधानि बस्ने परिपाटीले अबको आन्दोलन हुँदैन’, उनले भने, ‘सरकार सदन सवै छाडेर अब नेताहरुलाई मधेश झर्नु पर्छ, काठमाण्डौ बसेर काम छैन ।’
आन्दोलनको स्वरुप वारे राखिएको जिज्ञासामा बोल्दै साहले आन्दोलनको स्वरुप आन्दोलनकारीले निर्धारण गर्नु भन्दा राज्यको रवैयामा नि

र्धारण हुने प्रतिक्रिया जनाए । उनले भने, ‘दमन गरियो भने आन्दोलन उग्र पनि हुनसक्छन्, नभए हामि त अधिकारका लागि अहिंसात्मक आन्दोलनको हिमायति हौ ।’

बन्दले सप्तरीको जनजिवन प्रभावित
मधेशी मोर्चाले आह्वान गरेको वन्दका कारण वुधवार सप्तरीको जनजिवन प्रभावित भएको छ । नीजि तथा सार्वजनिक यातायात, विद्यालय, कलकारखानादेखि सरकारी कार्यालय समेत पुर्ण रुपमा वन्द भएका छन् ।
विहानदेखिनै कार्यालय वन्द गराउँदै हिडेका मोर्चाका कार्यकर्ताहरुले शिक्षा कार्यालयमा ढुगामुढाबाट कार्यालयको दुईतल्ले भवनको झ्याल र शिशा लगायतका फर्निचर समेत तोडफोड भएको छ ।
यता बन्दकर्ताहरुले राजविराज नगरपालिका र शिक्षा कार्यालयमा ढुंगामुढा गरेका छन् । नगरपालिकामा ढुगामुढा गर्दै कार्यकारी अधिकृत यादवप्रसाद सापकोटाको नेम प्लेट समेत उखेलेर फ्याली दिएका थिए । ढुंगामुढावाट झ्यालका सिसाहरु फुटेको कर्मचारीहरुले वताए ।
वन्द गराउनका लागि हिडेका मोर्चाका कार्यकर्ताहरुले मधेशको माग पुरा नगरी हुने स्थानीय निकायको निर्वाचन आफुहरुका लागि मान्य नहुने भन्दै नारावाजी पनि गरेका छन् । वन्द गराउन विहानै देखि नगरका चौक चौकमा मोर्चाका कार्यकर्ताहरु तैनाथ रहेका थिए । वुधवारको वन्दमा सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, केन्द्रिय सदस्य दिपेन्द्रकुमार चौधरी, अमरनाथ मण्डल, सत्यनारायण यादव, तराई मधेश लोकतान्त्रीक पार्टीका केन्द्रिय सह महासचिव जयप्रकाश ठाकुर, केन्द्रीय सदस्य अमरकान्त झा, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सैलेन्द्र प्रसाद साह, सुर्यनाथ यादवलगायतका केन्द्रिय नेता समेत सहभागि छन् ।
वन्दले सदरमुकाम लगायत भारदह, कन्चनपुर, वरसाईन, कल्याणपुर, कदमाहा, हनुमाननगर, कुशाहा, रुपनी, कडोरवोना, विरेन्द्र वजार, झौराहा चौक, सितापुर, तोपा, वभनगामा कट्टि, महुली समेत प्रभावित भएको स्थानीयवासीले जानकारी दिएका छन् । वन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नगर तथा राजमार्गमा ब्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।