मोर्चाका कार्यकर्ताहरुले ट्रक जलाए

12285769_791946130935102_230991635_nसंयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानस्थित आज विहान एउटा मालबाहक ट्रकमा आगजनी गरेको छ ।

मटर बोकेर लहान १ स्थित कोदाममा झार्न आएको ना. ३ ख. २२२९ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको हो ।

आगजनीबाट ट्रकको इन्जिन जलेर पूूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने पछाडीको भाग ट्रली बाँचेको छ । ट्रकबाट मटर अनलोड गरिसकेपछि आगजनी गरिएको कारण धेरै क्षति हुुन नसकेको प्रहरीले जनाएको छ ।

आज विहान अन्दाजी २ बजे मोटरसाइकलमा आएका दुुई व्यक्तिले ट्रकमा आगजनी गरेर फरार भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले जानकारी दिनुुभयो । उहाँले आगजनी गर्नेको खोजी भईरहेको जानकारी दिनुुभयो ।