मुश्लिमहरुको बिशाल प्रदर्शन, तराई बन्दको १७ औं दिन, चौतर्फि मारमा सर्बसाधारण

DSC00036मधेशी मोर्चाको जारी आन्दोलनमा एक्यबद्धता जनाउँदै दशौ हजार मुश्लिमहरु सोमवार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।
आन्दोलनलाई तत्काल राज्यद्वारा सम्बोधन गर्नुपर्ने माग सहित मुश्लिमहरुले प्रदर्शन गरेका हुन् । सप्तरीका गाउँ गाउँवाट ठुलो संख्यामा मुश्लिमहरु सदरमुकाम पुगेका छन् । स्थानिय राज रंगशालावाट निकालिएको एक्यवद्धता ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा सभामा परिणत भएको थियो ।
मुश्लिम समाज सप्तरीको नेतृत्वमा निकालिएको ¥यालीका सहभागिहरुले मुश्लिमहरु मधेशको अभिन्न अंग भएको भन्दै समग्र मधेश एक प्रदेश अपरिहार्य रहेको वताए । उनीहरुले राज्यको हरेक अंगमा मुश्लिमहरुको समानुपातिक प्रतिनिधित्व तथा संवैधानिक मुश्लिम आयोगको समेत माग गरेका छन् ।

 

पुर्व राज्य मन्त्री अनिस अन्सारी, फोरम नेपालका नेता युुसुफ अलि, मुश्लिम नागरिक समाजका अगुवा हासिम अन्सारी लगायतकाहरुको सहभागिता समेत ¥यालीमा रहेको छ ।
यसैविच नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक परिषद्, प्याब्सन, एन प्याब्सन अन्तर्गतका निजी विद्यालयका शिक्षकहरु साथै सामुािदयक विद्यालयका शिक्षकहरुले समेत सोमवार एक्यवद्धता ¥याली निकालेर आन्दोलनको माग यथाशिघ्र समबोधन गरिनु पर्ने धारणा स्पष्ट पारेका छन् ।
DSC00046यता आईतवार लगातार १७औं दिन पनि तराई–मधेशमा जारी अनिश्चितकालिन बन्द जारी छ । मधेशी मोर्चा लगायत तराई मधेश केन्द्रीत विभिन्न राजनीतिक दल तथा थारुहट पक्षधरले थालेको अनिश्चित कालिन बन्दका कारण सर्वसाधारणहरु चौतर्फि मारमा परेका छन् ।
द्वन्द्व, तनाव र तोडफोड तथा आगजनीको माहोल अझै कायमै रहेको छ । सोमवार विहानै बन्द कर्ताहरुले पुर्व पश्चिम राजमार्गको सप्तरी स्थित रुपनी सडक खण्डमा एउटा माईक्रोवसमा आगजनी गरेका छन् । राजविराजवाट काठमाण्डौ जाँदै गरेको वा २ ख ६२३९ नम्बरको बसलाई आईतवार राति नियन्त्रणमा लिई वन्दकर्ताहरु तोडफोड गरेका थिए । आईतवार विहान उक्त वसमा आगजनी गरीएको मोर्चाका सप्तरी संयोजक दिनेश यादवले जानकारी गराए ।
कलकारखाना बन्द छन्, यातायात ठप्प, शैक्षिक संस्थाहरु समेत सञ्चालन हुन सकेको छैन, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था सवै बन्द छन् । सप्तरी सहित तराई मधेशको जनजिवन नै ठप्प हुन पुगेको छ । दैनिक उपभोग्यका सामग्री सहजै पाउन गा¥हो छ ।सर्वसाधारणको भान्छा र स्टोर सबै खालि परेका छन् ।

कतिपय परिवारलाई त के खाना, अनि कहाँ वाट ल्याउने भन्ने समस्या समेत उत्पन्न भएको छ । ‘एलपीजि ग्याँस पाउन गा¥हो छ, स्टोभमा खाना पकाउँदा मट्टीतेल पाउनु पनि सहज छैन’, राजविराज–८ की हिरा राउत भन्छीन्, ‘लगातारको बन्दले त हाम्रो दिनचर्या नै ठप्प पा¥यो ।’ हरियो साग, सब्जी देखि दाल तेल सम्मको भाउ अकाशिएको उनको गुनासो छ ।
‘८० को आलु, १२० को प्याज’
बन्द अघि १२ देखि १५ रुपैयाँ प्रति केजी पाईने आलु हाल राजविराजमा ६० देखि ८० रुपैयाँ प्रति किलो विक्ने गरेको छ । प्याज त झन् १२० देखि १५० मा विक्रि भईरहेको छ ।

त्यो पनि सहज आपुर्ति रहेको छैन । ‘नजिकै रहेको भारतको कुनौली बजारवाट रातिका समयमा जसोतसो आलु, प्याज ल्याएर बेच्ने गरेका छौ’, एक स्थानिय व्यापारीले भने, ‘थोरै मात्रामा बढी ढुवानी तिरेर ल्याउनु परेको हुँदा बढी मुल्यमा बेच्नु पर्ने बाध्यता छ ।’
आलु प्याजका अतिरीक्त अन्य तरकारीहरुको भाउ पनि अकासिएको छ । बन्द अघि मुश्किलले २५ रुपैयाँ प्रति किलो पाउने भिन्डीको भाउ प्रति किलो सय नाघेको छ । बन्दा गोभीको भाउ पनि ७० पुगेको छ । परवल, वैगन जस्ता तरकारीहरुको भाउ समेत ८० देखि सय नाघ्न पुगेको स्थानिय उपभोक्ताहरुको गुनासो छ ।
लाख भन्दा बढी बालबालिका पढन वाट बञ्चीतDSC00021

बन्दका कारण लगातार १६औं दिन सप्तरीका सम्पुर्ण शैक्षिक संस्थाहरु ठप्प भएका छन् । बन्दको पुर्व संध्यामै नेपाल शिक्षक युनियनले बन्द प्रति समर्थन जनाएपछि यहाँका सामुदायिक विद्यालयहरु ल्गातार दोस्रो साता पनि ठप्प रहेको छ ।
सामुदायिक सँगसँगै यहाँका निजी विद्यालय, प्लस टु तथा कलेज क्याम्पसहरु समेत पुर्ण रुपमा ठप्प रहेको छ । बन्दका कारण सामुदायिक विद्यालय अन्तर्गत प्राथमिक तहका ८९ हजार ६१ जना, निमावि तहका ३१ हजार ७ सय १० तथा मावि तहका १७ हजार ८ सय ५० बालबालिकाहरु पठन पाठनवाट बञ्चीत भएका छन् ।
बन्दका कारण सामुदायीक सँगसँगै निजी विद्यालयहरुको शैक्षिक अवस्था पनि पुर्ण प्रभावित भएको छ । सप्तरीमा मात्रै २ सय ५० भन्दा वढी निजी विद्यालयहरु रहेका छन् ।