मुलुकमा शान्ति र स्थितरताकालागि पहल भईरहेको छ : राष्ट्रपति विद्यादेवी

राष्ट्रपति विद्यादेवी भण्डारीले मानव कल्याणका लागि विश्वस्तरमै शान्ति अपरिहार्य रहेको कुरा वताएकी छिन् । शनिवार विहान सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा स्थानीयहरुको एक भेलालाई सम्वोधन गर्दै यस्तो कुरा वताएकी हुन् ।

‘नेपालमा पनि केहि दशकदेखि अशान्तिको आभास महसुस हुँदैछ’ उनले भनिन्–‘त्यसै कारण अहिले शान्ति, स्थितरताको लागि पहल भईरहेको छ ।’ उनले मुलुकमा छिट्टै शान्ति स्थापना हुने विश्वास समेत ब्यक्त गरिन् । मुलुकमा रहेको प्राकृतिक, सांस्कृतिक र जातिगत विविधता राष्ट्रिय एकता मजवुतrastpati formal photo तुल्याउने आधारसिला समेत रहेको भन्दै नेपाल र नेपालीको कल्याणका लागि ब्यक्ति ब्यक्तिले आफुलाई जिम्मेवार ठान्नुपर्नेमा जोड दिईन् । ‘सवै जनता लागि परे शान्ति र स्थायित्वको अपेक्षा निश्चय नै पुरा हुनेछ’–राष्ट्रपति
भण्डारीले थपिन् ।

विश्वशान्तिको कामना सहित मुलुकमै पहिलोपल्ट सप्तरीको छिन्नमस्ता मन्दिरमा आगामी चैत १६ गतेदेखि आयोजना हुन गइरहेको लक्ष चण्डि रुद्र महायज्ञको यज्ञ मण्डप सिलान्यास समारोहमा राष्ट्रपति भण्डारी सप्तरी आएकी हुन् । उक्त अवसरमा जिल्लावासीको तर्फवाट छिन्नमस्ता गाविसका निवर्तमान अध्यक्ष सत्यनारायण यादवले १३ वुँदे अनुरोध पत्र समेत राष्ट्रपतिलाई वुझाएका छन् ।

छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको घोषणा, छिन्नमस्ता–राजविराज–रुपनी–गाईघाट सडकका लागि वजेटको ब्यवस्था, राजविराज विमानस्थलको नियमित सञ्चालन, माओवादी जनयुद्ध कालमा विस्थापित गोविन्दपुर र वनैनियाँ छोटि भन्सारको पुनस्र्थापना र छिन्नमस्ता नजिकैको भारतीय सिमावर्ती क्षेत्रसम्म भारतको निर्मलीवाट रेलवे हेडको पहलका लागि अनुरोध पत्रमा आग्रह
गरिएको छ ।

राष्ट्रपति भण्डारीले उक्त अनुरोध पत्रमा माग भएका विषय कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने वताईन् । उक्त अवसरमा छिन्नमस्ता शक्तिपीठका पिठाधिस महाकान्त ठाकुरले लक्ष चण्डि रुद्र महायज्ञ आयोजना र यसको महत्व वारे जानकारी गराएका थिए ।