मुलुककै ठुलो दहि उत्पादन उद्योग राजविराजमा

20170127_121336राजविराज स्थित गजेन्द्र नारायण सिंह उद्यौगिक क्षेत्रमा मुलुककै सवैभन्दा ठुलो दही उत्पादन गर्ने युनिट जडित मिलन डेरी एण्ड फुड ईन्ड्ष्ट्रीज प्रालिको शुुक्रवारदेखि सञ्चालन आएको छ ।

सप्तरीको ईतिहासमा पहिलो पटक ५ करोडको लागतमा स्वचालित उपकरण जडित उद्योगको एक कार्यक्रमका विच राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले उद्घाटन गरेका छन् । पूर्वाञ्चलकै सवैभन्दा बढि दुध उत्पादन गर्ने क्षमता रहेको उक्त डेरीले सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरङ्ग, झापा र उदयपुरसम्म बजार विस्तार गर्ने उक्ष्य लिएको डेरीका म्यानेजिङ्ग डायरेक्टर राघोप्रसाद सिंहले बताए ।

20170127_113006‘गोठदेखि ओठसम्म’ मुल नाराका साथ सञ्चालनमा ल्याएको उद्योगबाट दुध, दही, पनिर, ध्यु, आईसक्रिम, खोवा र मिठाई विभिन्न परिकारहरु वेकरीमा आधारित आउरोटी, कुकिज र केक उत्पादन गरेर बजारको मागलाई पुर्ति गर्ने प्रालिका प्रबन्ध निर्देशक सिंहले बताए ।

उक्त प्रालिका ईन्चाज मिलन सिंहले बजारको दुधको माग बढिरहेको कुरालाई दृष्टिगत गरी गुणस्तरीय दुध र दुग्ध प्रदार्थ आपुर्ति गर्ने उदेश्यका साथ उद्योग स्थापना गरिएको बताए । डेरी उद्योग उद्घाटनका अवसरमा नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडीया, पूर्वाञ्चल डेरी एशोसिएशनका अध्यक्ष राजेन्द्र चिमोरीया, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधान, स्थानिय विकास अधिकारी सुदेवकुमार पोखरेल, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटा लगायतकाले उद्योगको सफलताको शुभकामना व्यक्त गरे ।20170127_120535