मुख्य पार्टीका अध्यक्षहरुलाई सीके राउत को चुनौती

   dr.ck raut  स्वतन्त्र मेधस गठबन्धनका संयोजक डा. सीके राउतले मुख्य पार्टीका अध्यक्षहरुलाई खुलारुपमा छलफल गर्न आह्वान गरेका छन् । उनले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर यस्तो आह्वान गरेका हुन् ।
       मधेसी नेताहरुले मधेसी जनतालाई दिग्भ्रमित गर्न व्यस्त रहेको बताउँदै अब चुप लागेर बस्न नसक्ने राउतले फेसबुकमार्फत संकेत गरेका छन् । राउतले पक्राउ गर्न खुला सहमति दिदा, मलाई बदनाम गराउन मिडिया अभियान चलाउँदा, जेलमै राख्न मन्त्री परिषद समक्ष निवेदन गर्दा, खुट्टा नै भाँच्न लगाउँदा चुप बसेको भन्दै अब चुप लागेर नबस्ने भनेका छन् ।
  उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :-

मधेशी नेताहरूलाई विनम्र आमन्त्रण
‍‍‍‍‍‍‍‍‍……………‍‍‍….‍……………………………..

(१) २०७१ साल भदौ २८ गते मेरो पक्राऊ हुँदा पक्राऊ पूर्व सोही दिन बसेको बैठकमा मधेशी नेताहरूले मेरो पक्राऊका लागि खुला सहमति दिए, म चूप बसें।

(२) म प्रहरी हिरासतमा हुँदा, मधेशी नेताहरूले, सबै हैन तर केही वकील र पत्रकारहरूलाई घुसपैठ गराएर झूठो प्रचार गर्न र मलाई बदनाम गराउन मीडिया अभियान नै चलाए, म चूप बसें।

(३) म जेल भित्र हुँदा मंत्री भईसकेका मधेशी नेताहरूले हामी त्यसै भन्दै गर्छौं, तपाईंहरूले जसरी पनि सीकेलाई जेल मै राख्नुस् भनेर मंत्री-परिषद् समक्ष निवेदन गरीरहे, म चूप बसें।
(४) आफ्नो खुट्टा कार्यकर्ताबाट दूधले धून लगाउने मधेशी नेताहरूले नेपाली प्रशासनको खुट्टा ढोगी-ढोगी मेरो खुट्टा नै भाँच्न लगाए, म चूप बसें।
(५) मधेशी नेताहरूले नेपाली प्रशासनको खुट्टा ढोगी-ढोगी हाम्रा आमसभाहरू विथोल्न लगाए, म चूप बसें।
र अब लुकी-लुकी बन्द कोठामा केही मान्छेहरू जम्मा गरी अनेकौं अफवाह फैलाउन र मधेशी जनतालाई दिग्भ्रमित गर्न व्यस्त छन् उनीहरू। म उनीहरूलाई विनम्र आग्रह गर्न चाहन्छु कि यदि तपाईंहरूसँग कुनै प्रश्न, आलोचना वा आरोप छ भने आऔं कुनै खुला-मंचमा वा लाइव टिवी कार्यक्रममा संगै बसेर डिबेट गरौं, ताकि सम्पूर्ण जनताले सीधा थाहा पाओस् कि सत्य के हो। यदि तपाईं कै कुरो सांचो हो भने त्यो खुला रूपले जनतालाई थाहा होस्, खाली लुकी-लुकी बन्द कोठामा झगडा लगाएर त भएन। म मुख्य पार्टीका अध्यक्षहरूसंग खुलारूपमा डिबेट गर्न तयार छु। यसैद्वारा म नेपालका सम्पूर्ण मीडिया हाउस, पत्रकार र नागरिक समाजलाई पनि सो को व्यवस्था मिलाउनका लागि पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु, सांचो सूचना पाउनु हरेक नागरिकको अधिकार हो, र त्यसकालागि हामी सबैले पहल गर्नुपर्दछ।