महेन्द्र राजमार्ग अझै अबरुद्ध…

tikaramपुल भाचीएर अबरुद्ध पुर्ब पश्चिम राजमार्गको गैडोकोट सडक खण्ड अझै सुचारु  हुन सकेको छैन । महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट सडक खण्डमा रहेको जयश्री खोलाको पुल सोमबार साझ भाचिदा सडक अबरुद्ध भएको हो ।

सडक अबरुद्ध भए पछि हजारौं यात्रु र सयौं यातायातका साधन सडकमै अलपत्र परेकाछन् । हाल सम्म पनि डाईभर्सन बनाउन नसक्दा सडक अबरुद्ध रहेको छ । करिव ५ वर्ष अघि यसरी नै पुल भाचिए पछि सामान्य मर्मतका भरमा पुल संचालनमा आएको थियो ।

नेपाली राजमार्ग र पुलहरुले २०टन माथिको भारनधान्ने विज्ञहरुले बताईरदा २० टन माथिको भार बोकेका मालबाहक ट्रक कन्टेनरहरु निर्वाध गुडने गर्दा पुल भाचिएको प्राबिधिकको भर्ना छ । पुल मुनिबाट डाईभर्सन नीर्माण नगरे सम्म यातायात सुचारु हुन नसक्ने बताईएको छ । आजबेलुका सम्म डाईभर्सन तयार गरी सवारी साधन संचालनमा ल्याउने तयारी भईरहेको छ  ।

अलपत्र परेका यात्रुहरुलाई नारायणगढ तिर फर्काईएको छ भने पश्चिम तिरका यात्रुलाई कावासोती तर्फ फर्काईएको प्रहरीले जनाएको छ ।अहिले खोलामा डाईभर्सन बनाउन निर्देशन दिएको बताउँदैं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सकेसम्म आज दिनभर  लगाएर भए पनि डाईभर्सन बनाएर  एक तर्फी बाटो खुलाउने प्रयास भैरहेको बताउनुभयो ।