मधेसी मोर्चाले सरकारको ध्यानाकर्षण गराउने

logo nepal singhwarतराई केन्द्रीत मधेसी मोर्चाको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै मोर्चाको टोलीले आज गृहमन्त्री बिमलेन्द्र निधिसंग वार्ता गर्ने भएको छ ।

सरकार गठनको समयमा र गठनपछि मोर्चासँग भएको सहमति अनुसार काम हुन नसकेको भन्दै मोर्चाले आज सरकारको ध्यानाकर्षण गराउन लागेको हो । मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि नै कम्तिमा संविधान संशोधन विधेयकको मस्यौदा संसदमा पेश हुनुपर्ने अडान लिएको छ।

तीन बुंदे सहमतिलाई कार्यान्वयन गर्न बनेको तीन सदस्यीय मोर्चाको समितिले सरकार गठन भएलगत्तै मधेसी मोर्चासंग तीन बुंदे सहमति गरी आन्दोलनरत दललाई मनाउन खोजेको सरकारले त्यसपछि भने सम्झौता बमोजिमको कार्य नगरेको भन्दै मधेसी नेता असन्तुष्ट रहेका छन् । गिरिशचन्द्र लालको संयोजकत्वमा न्यायिक छानबिन आयोग बनाएको घोषणा भए पनि काम हुन नसकेको मोर्चाको गुनासो छ ।