मधेसको रक्षाका लागि सहकार्यको सहमति

7संसदवादी मधेशी मोर्चाले एमओवादी सित मिलेर ३० दलीय मोर्चा निर्माण गरेको केही दिन पछि तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले समेत सहकार्य र मोर्चा बन्दीमा जुटेका छन् ।

अभियानका संयोजक गुप्ता, नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरी, तराई मधेश फोरमका अध्यक्ष अमर यादव र सोसल रिपब्लिकन पार्टी अध्यक्ष रामबाबु यादव मिलेर मधेश रक्षाका लागि मोर्चा बन्दी गरेका छन् । चारै पार्टीका शिर्ष नेताले संयुक्त विज्ञप्ती जारी गरी ४ बुँदे सहमति समेत गरेका छन् ।

नेपालको नया“ बन्ने संविधानले जनआन्दोलन र मधेस आन्दोलनबाट स्थापित गणतन्त्र, धर्म निरपेक्षता,प्रादेशिक स्वायतत्ता सहितको संघीयता, समावेशिकरण तथा सामाजिक न्याय जस्ता सिद्धान्त र मूल्य मान्यताको आधारमा सबै नेपालीलाई समान रुपमा अधिकार सम्पन्न तुल्याउनु पर्ने आमजनताको अपेक्षा रहेको छ । जबकि, विद्यमान संविधान सभाबाट भावी संविधानमा उक्त बिषयहरूको संस्थापन हुनेमा अब विश्वास गर्ने स्थिति छैन । वर्तमान संविधानसभाले मधेसी र जनजाति समुदाय लगायत नेपालका सम्पूर्ण जनतालाई आश्वस्त तुल्याउन सकेको छैैन । यस्तो अवस्थामा वर्तमान संविधानसभा बाट जनअपेक्षा विपरित, हठपूर्वक र सम्पूर्ण प्रकृयाहरूलाई मिचेर संविधान जारी गरिने भनिदैछ ।

हामी अग्रगामी राज्य रुपान्तरणका पक्षधर शक्तिहरू यथा स्थितिवा पुरानै एकात्मवादी राज्य व्यवस्थाको निरन्तरताका घोर विरोधी हौं । हामी मधेसको मान्यता र मधेसी समुदायको स्वशासनको सुनिश्चितताका लागी महान मधेस आन्दोलनबाट स्थापित पूर्ण आर्थिक, सामाजिक र राजनीतिक अधिकार सहित समग्र मधेस एक प्रदेशको स्थापनाका लागि प्रति बद्धछौं । समग्र मधेसलाई एक प्रादेशिकमा न्यता नदिनु नै मधेसी समुदायलाई चिरन्तर कालसम्म गुलाम बनाउन खोज्नु हो ।

संविधान सभामा हाल नेपालमा दुई थरी नागरिक खडा गर्ने विभेदकारी नागरिकताको प्रावधान पेश गरिएको छ । यो प्रावधान मूलतः मधेसी मूलका महिलाहरूलाई लक्षितगरी ल्याइएको छ । यसलाई स्वीकार गरिएमा मधेसी समुदाय र भारत बीचको परम्परागत सामाजिक सम्बन्ध समाप्त हुनेछ । यो प्रस्ताव वास्तवमा मधेसीहरूलाई व्रmमशः मधेसबाट बिस्थापित गर्ने षडयन्त्रको रुपमा आएको छ । यसै गरी भावी संविधानका बिषय बस्तुको रुपमा समानता, सामाजिक न्याय र समावेशीकरणको सिद्धान्तको विपरित अन्यकयौं प्रावधानहरू पेश गरिएको छ । यी कुराहरूलाई हामी कुनै पनि शर्तमा मान्न सक्दैनौं ।

माथी उल्लेख गरिएको परिस्थितिमा आउने संविधान मधेसी समुदायका लागि मान्य हुन सक्दैन । यसर्थ समय रहदै यसमा सुधार हुनु पर्दछ । सुधारका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न शसक्त एवं शांतिपूर्ण आन्दोलनको कुनै विकल्प देखिदैन । अबको समयमाएक जुट भई संघर्ष गर्नका लागि तराई मधेस राष्ट्रीय अभियान, नेपाल सद्भावना पार्टी, तराई मधेस फोरम र सोसल रिपब्लिकन पार्टी एकमत भएको छ । मुलभूत रुपमायी उद्देश्यहरू प्राप्तिका लागि तराई मधेस राष्ट्रीय अभियान, नेपाल सद्भावना पार्टी, तराई मधेस फोरम र सोसल रिपब्लिकन पार्टीका बीच अबसहकार्य गरी संघर्षको मार्गमा बढने सहमति भएको घोषणा गर्दछौं । यस सहकार्यमा सरिक हुन हामी मधेसका सबै व्रmान्तिकारी राजनीतिक पक्षहरूलाई आह्वान गर्दछौं ।