मधेश प्रिमियर लिगको उपाधी गणपतिलाइ

20161027_155533एमपिएल( मधेश प्रिमियर)क्रिकेट वोर्डको आयोजनामा यहा सञ्चालित मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि गणपति क्रिकेट क्लव राजविराजले हात पारेको छ । विहिवार भएको फाईनलमा गणपति क्रिकेट क्लवले राजविराजकै अर्को मेसु लंका लाईन्स क्रिकेट क्लवलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

स्थानीय राजरंगशाला खेल मैदानमा भएको फाईनलमा मेसु लंकालाई ५ विकेटले पराजित गर्दै गणपति क्रिकेट क्लवले उपाधि चुमेको हो । टस जितेर ब्याटिङ्ग गर्ने अवसर पाएको मेसुले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय २७ रन वनाएको थियो । जसमा ब्याटिङ्गतर्फ विद्यान गोस्वामी सर्वाधिक ३०, शेखर झा २७ र मुकुन्द यादवले १७ रनको योगदान दिएका थिए । वलिङ्गतर्फ गणपतिका दिपेन्द्र एरी ३ र महवुव आलम तथा विजय भारतीले समान २÷२ विकेट लिएका थिए ।
20161027_163505१ सय २८ रनको विजय लक्ष पछ्याएको गणपति क्रिकेट क्लवले १८ दशमलव १ ओभरमै ५ विकेटको क्षतीमा १ सय २८ रन वनाएको थियो । जसमा ब्याटिङ्गतर्फ अमल दासले सर्वाधिक ४७, राकेश सिंह २१ र महवुव आलम (अविजित) २० रनको योगदान दिए । वलिङ्गतर्फ मेसुका रोविन सिंह र विट्टुकुमारले समान २÷२ तथा
दिलजित कुमारले १ विकेट हात पारेका थिए । उक्त खेलको म्यान अफ द म्याच विजेता टिमका अमल दास घोषित भए । यस्तै वेस्ट वलर विजेता टिमकै दिपेन्द्र एरी तथा म्यान अफ द सिरिज सोहि टिमका विजय भारती घोषित भए ।
उपाधि जितेको गणपति क्रिकेट क्लवले ट्रफिसँगै नगद १ लाख १ हजार तथा उपविजेता मेसुले ५१ हजार हात पारेका छन् । प्रतियोगिता समाप्तिपछि एमपिल वोर्डका चियरम्यान सञ्जिव नारायण यादवको अध्यक्षतमा आयोजित समापन समारोहमा प्रमुख अतिथि सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, डा. टेकनारायण मण्डल, संघिय समाजवादी फोरम नेपालकी राष्ट्रिय उपाध्यक्ष रेणु कुमारी यादव, केन्द्रिय सदस्य शैलेन्न्द्र साह, सदभावनाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, उपाध्यक्ष नवलकिशोर साह लगायतले विजेता तथा उपविजेता टिमलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।20161027_163455