मधेश ईन्जिनियर्स एसोसिएशन गठन

संजिव नारायण यादव, अध्यक्ष,मधेश ईन्जिनियर्स एसोसिएशन
संजिव नारायण यादव, अध्यक्ष,मधेश ईन्जिनियर्स एसोसिएशन

विरगंजमा बुधवार सम्पन्न एक भेलाले नेपाल को बिभिन्न राज्यमा बस्ने मधेशी ईन्जिनियर्सहरु को अग्रसरतामा ‘मधेश ईन्जिनियर्स एसोसिएशन ‘ गठन भएको छ ।

विरगंज स्थित एक होटलमा भएको भेलाले सप्तरीका ई.संजिव नारायण यादवको अध्यक्षतामा मधेश ईन्जिनियर्स एसोसिएशन(MEA) गठन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा ई.मनिस प्रसाद केशरी( बारा) चयन भएका छन् । त्यस्तै उपाध्यक्षद्वयमा बिराटनगरका ई.हिरा यादव र सप्तरीका ई.औम नारायण यादव चयन भएका छन् भने महासचिवमा राजविराजका ई.बिमलेश यादव, सह-महासचिव सिरहाका ई.दिपेन्द्र मेहता सचिवमा विरगंजका ई.दिपक चौरसिया ,सह-कोषाध्यक्षमा जनकपुरका ई.संजिव कुमार रोय र मिडिया संयोजकमा ई. भूपेन्द्र कुमार मिश्रा चयन भएका छन् भने कोषाध्यक्ष खाली राखिएको मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियनका कार्यबाहक अध्यक्ष सुधिर कुमार मण्डलले जारी गरेको प्रेस विज्ञप्तिमा उलेख्य गरेको छ।

१५ जनाको कार्य समिति सदस्यहरूमा लहानका ई. बिनोद अधिकारी,सप्तरीका ई.ब्रहमदेव यादव, राजविराजका ई.कुन्दन दत ,सप्तरीका ई.जितेन्द्र साह ,सप्तरीका ई.जितेन्द्र कुमार मंडल,गोलबजारका ई.अजय कर्ण ,सप्तरीका ई.निर्मल देव,सप्तरीका ई.सरोज कुमार यादव, मोहतरीका ई.सर्वेश कुमार यादव,सप्तरीका ई.राम किशोर यादव,सप्तरीका ई.योगेन्द्र कुमार यादव,सप्तरीका ई.बिकास देव,सप्तरीका ई.मनोज यादव,सप्तरीका ई.मन्जाय यादव सूनसरीका ई.बिनोद मण्डल रहेका प्रेस विज्ञप्तिमा उलेख्य गरेका छन् ।

26235162_332157937192781_1163294810_nभेलाले ६ जनालाइ सल्लाहकारमा मनोनयन समेत गरेको छ । जसमा जनकपुरका ई.अविनाश कुमार मंडल, सिरहाका ई.जयनाथ यादव,राजविराजका सतिश सिंह, बिराटनगरका ई.प्रभुलाल अर्गरिया, सप्तरीका ई.बलराम यादव र ई.शैलेन्द्र चौधरी रहेका प्रेस विज्ञप्तिमा उलेख्य गरेको छन् ।

भेलामा स्थानीय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शूभकामना मन्तव्य दिएका थिए । नव स्थापित संस्थाले मधेश र मधेशी जनता को लागी अवाज उठाउने र मधेशीहरूबीच सूचना, सहयोगको अादान प्रदान गरेर समृद्ध बनाउन सहयोग गर्ने जनाएको छ।साथै मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियन (मेसु) को अध्यक्ष पद बाट ई.संजिव नारायण यादव राजिनामा गर्दे केही दिन भित्रै मेसु संस्था को पूनरगठन गर्ने प्रेस विज्ञप्तिमा उलेख्य गरेको छ।