मधेशी माथि दमन बन्द गर : उप मुख्यमन्त्री तेजस्वी यादब

deputy cm biharराष्ट्रिय जनता दलका प्रभाबशाली नेता एबंम विहारका उपमुख्यमन्त्री तेजस्वी यादबले ६ महिनादेखि जारी मधेश आन्दोलनमा सरकारले गरिरहेको दमनलाइ आफुले गंभीरतापुर्वक लिएको बताएको छ ।

विहारको दरभंगामा आयोजित सभालाइ वुधबार सम्वोधनका लागी आएका उपमुख्यमन्त्री यादबले विहिबार साझ सप्तरी जागरण अनलाइनसित संक्षिप्त कुरा गर्दे सो कुरा बताएका हुन् । विहारसंग सिमाना जोडिएको तराई मधेशमा जारी आन्दोलनको प्रत्यक्ष मारमा भारतीय जनता समेत परेको बताउदै उपमुख्यमन्त्री यादबले बार्ताबाट समस्याको तत्काल सामाधान गर्न नेपाल सरकारलाइ आग्रह समेत गरेका छन् ।

मधेश आन्दोलनमा हाम्रो सहयोग र सर्मथन रहेको बताउदै उपमुख्यमन्त्री यादबले मधेशी समुदामाथी भइरहेको विभेद बारे आफु अनभिज्ञ नरहेको प्रष्ट पारे । नेपालको मधेशी समुदायमाथी भइरहेको चरम दमन बारे संयूक्त राष्ट्र संघका महासचिवलाइ पनि अवगत भइसकेको र तिनका प्रतीनिधीले मधेश आन्दोलनको अनुगमन गरिरहेको समेत उनले बताए ।

मधेशी समुदायले उठाएको माँग जायज भएको बताउदै राजद यूवा नेता समेत रहेका यादबले मधेशी जनताका साथ आफुहरुको सर्मथन रहेको र आवश्यक परे सहयोग गर्ने प्रतिब्धता ब्यक्त गरेका छन । स्मरणरहोस,केही दिन यता राजदले मधेश आन्दोलनलाइ सहयोग गर्न पुर्वमन्त्री तथा बरिष्ट नेता रघुवंश प्रसाद सिंहलाइ सिमावर्ती क्षेत्रमा खटाइएको छ ।