मधेशी नेताहरुले मोदीलाई के भने ?

मधेश केन्द्रित राजनीतिक दलका नेतासँग मंगलबार सोल्टी होटलमा भेट गर्दै भारतीय प्रम नरेन्द्र मोदी ।
मधेश केन्द्रित राजनीतिक दलका नेतासँग मंगलबार सोल्टी होटलमा भेट गर्दै भारतीय प्रम नरेन्द्र मोदी ।

मधेशवादी दलहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सित मंगलबार बेलुकी होटल सोल्टीमा सामुहिक भेटघाट गरेका छन् ।

मोदी सित भेटघाट गरेका मधेशवादी दलहरु विगतको भन्दा उत्साहित देखिएको छ भने मोदीले मोर्चा गठन गरेकोमा धन्यवाद समेत दिएका छन् । स्मरणहोस मोर्चामा अधिकांश साना मधेशवादी दलहरु समावेश छैन । राजनीतिकको मुलधारमा रहेका काँग्रेस, एमाले र एमाओवादी इतरका मधेशवादीहरु एक ढिक्का भएर मधेशको विकास र संविधान निर्माणमा एकजुट भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले मधेशवादी नेताहरुलाई सकेसम्म छिटो भन्दा छिटो सहमतीय संविधान जारी गर्न सुझाव दिएका छन् ।

सत्तारुढ गठबन्धन एमाले र काँग्रेसले ल्याएको सात प्रदेशको अवधारणा आफुहरु मान्य नहुने भेटमा सहभागी मधेशी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जागरण अनलाइनलाई बताए ।

तराई हुँदै पूर्व–पश्चिम रेलवे लाइन विस्तार, छिटो भन्दा छिटो हुलाकी सडक निर्माण जनकपुरलाई अयोध्या सम्म डाइरेक्ट हाइवे निर्माण, लुम्बिनीलाई वौधगया, सारनाथ (बनारस) सम्म हाइवे र विमानस्थल निर्माण तथा तराईका जिल्लाहरुमा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखानामा भारतीय लगानी बनाउनुपर्नेमा लगायतको माँग राखेको फोरम अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिउत्तरमा प्रधानमन्त्री मोदीले माग जायज भएको बताउँदै जनकपुर आएर सार्वजनिक रुपमै सम्बोधन गर्ने आश्वसान दिएको अध्यक्ष यादवले बताए । मधेशको लागि के के गर्नुपर्ने हो, म जनकपुर आएर सार्वजनिक रुपमै घोषणा गर्छु मोदीको भनाई उदृत गर्दै यादवले भन्नुभयो ।

भेटमा सदभावना अध्यक्ष राजेन्द्र महतोले रामनवमी वा संविधान घोषणाको दिन जनकपुर आई दिन मोदीलाई आग्रह गरेका छ भने भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, नेताहरु जितेन्द्र नारायण देव, सर्वेन्द्रनाथ शुक्ला लगायतको सहभागी थिए ।

भेटमा मधेशी नेताहरुले पहाडका जनजाति र मधेशमा हामीमाथी खस पहाडी अहंकारवादीहरुले अन्याय गरिरहेकोले बाध्य भएर आन्दलोलनको अवस्था आएको धारणा राखेपछि प्रम मोदी गम्भिर हुँदै आन्दोलन तिर नभई समस्या समाधान खोज्न सुझाव दिएका छन् ।