मधेशीको सम्मान मेरो लक्ष्य : ठाकुर

jay prakash thakur (1)सप्तरी क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार जयप्रकास ठाकुरले मधेशीको सम्मान तथा क्षेत्रको बिकास नै आप्mनो मुख्य लक्ष्य भएको बताएका छन् ।

छिन्नमस्ता गाउँपालिका अन्तर्गत सखडामा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशको आत्मसम्मानको रक्षा र क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक बिकासका लागि आफु प्रयत्नशिल रहदै आएको र आगामी दिनमा पनि रहिरहने प्रतिबद्धता जनाए । ‘मधेशी, मधेश र मधेशवादीसित कुनै पनि मुल्यमा कसैसित सम्झौता हुन सक्दैन’ ठाकुरले भने, ‘मधेशवाद मधेशी जनताको प्राण भईसकेको छ, जसलाई रक्षा  गर्न म उम्मेदवार भएको छु ।’

DSC07532उनले छिन्नमस्ता शक्तीपीठको बिकास र पर्यटकीय क्षेत्रको रुपमा बिकसित गर्नुपर्ने आबश्यकता औल्याउदै शिक्षा, स्वास्थ्य, वेरोजगारी समस्या समाधान, नदी नियन्त्रण लगायतका बिषय आप्mनो प्रमुख योजना रहेको बताए । गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंह सहित सयौ स्थापीत राजनेताहरुको जन्मथलो रहेको सप्तरी २ नम्बर क्षेत्रको आप्mनो छुटै इीतहास र पहिचान रहेको बताउदै क्षेत्रका जनता दुखसुखमा संगै रहने नेताको पक्षमा रहने बताए । सप्तरीका जनताले मधेशवादलाई आन्दोलनका माध्यमवाट स्थापीत गर्न सफल भएको बताउदै ठाकुरले अहिले मधेशवादलाई केही नेताको ब्यक्तीगत स्वार्थका लागि प्रयोग गर्न थालिएकाले जनताको भावना बमोजिम उम्मेदवार भएको प्रष्ट पारे ।