मधेशमा ३ र पहाडमा ५ प्रदेश समस्याको निकास :गच्छदार

press meetमधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले संबिधान संसोधनको बिकल्प नरहेको बताएका छन् । ‘परिमार्जन सहित संबिधान संसोधनको बिकल्प छैन्’

सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले यथास्थितीमा संबिधान कार्यान्व्यनर निर्वाचन सम्भव नरहेको बताए । उनले भने,‘झापा,मोरङ,सुनसरी,सप्तरी,सिरहा र उदयपुर जिल्ला सहितको प्रदेश संगै तराई मधेशमा ३ प्रदेश र पहाडमा ५ प्रदेश गरि ८ प्रदेशको संरचना नै अहिलेको सिमांकन समस्याको निकास हो ।’

उनले असन्तुष्टीका बुदाहरु समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए । तात्कालिन जनमोर्चाले दिएको ४० बुदे माग समयमै सम्बोधन नहुदा माओवादी जनयुद्ध भई हज्जारौ नेपालीले ज्यान गुमाउनु परेको बताउदै मधेशी आदीवासी जनजाती र थारुका माग समय छदै सम्बोधन हुनुपर्ने धाराणा राखे । मधेशी,आदीवासी जनजाती र थारुहरुको माग सम्बोधन गराउन आफु नेपाली काग्रेसमा छदैदेखी प्रयत्न गरेको बताउदै गच्छदारले भने,‘म मधेशी बिरोधी होइन्,म त मधेश आन्दोलनलाई पुर्नजिवन दिने बयक्ती हो ।’ मधेश टुक्रन नसक्ने बताउदै गच्छदारले भने,‘मधेश टुक्रदैन्,टुक्रिन पनि दिनुहुदैन् तर मधेश नेपालको अंग हो पहिचान खोजेको छ यसमा राज्य लचक हुनुपर्छ ।’

उनले मधेशलाई स्वतन्त्र राष्ट वनाउनु पर्छ भन्ने धारणासित आफु सहमत नरहेको स्पष्ट पारे । कुनै पनि हालतमा संबिधान संसोधन हुन नदिने एमालेको अडान र जसरी पनि संसोधन पारित गरेरै छाडने सरकारी सोच दुबै अतिवादी सोच भएको गच्छदारले आरोप लगाए । ठुलादलका नेताहरुको संकुचित सोचका कारण मुलुक मुतभेडमा फस्दै गएको आरोप लगाए ।