भारत सरकारद्वारा क्याम्पस लागि क्रमश नेरु ३६.३ मिलियन र २६.३ मिलियन आर्थिक सहयोग

photo 1मार्च २१, २०१६ मा महामहिम, भारतीय राजदूत, श्री रणजीत रायले कास्कीको लामाचौरस्थित श्री इन्द्र राज्यलक्ष्मी उच्च मावि नवनिर्मित भवन उद्घाटन गर्नुभयो । तीनतले नयाँ भवन भारत सरकारको ३ करोड ६३ लाख अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो । सन १९४९ मा स्थापित यस विद्यालयले ५० प्रतिसतभन्दा बढि छात्रासहित ६०० विद्यार्थीलाई सुविधा प्रदान गर्दछ ।

सोही दिन महामहिम राजदूतले भारतीय सहयोग ने.रु. २ करोड ६३ लाखमा निर्मित सिमलचौरस्थित श्री जनप्रीय बहुमुखी क्याम्पसको समेत उद्घाटन गर्नुभयो । त्रिविअन्तर्गतको उक्त सामुदायिक क्याम्पसले आमा तहका विद्यार्थीसमेत गरी ५५ प्रतिसतभन्दा धेरै छात्राहरुसहित करिव ३५०० लाई शिक्षा प्रदान गर्दछ । नेपाल सरकारको सहकार्यमा भारत सरकारको साना विकास परियोजना अन्तर्गत निर्मित दुबै परियोजनाले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ ।

यसका अतिरिक्त, कास्की जिल्लामा यस कार्यक्रमअन्तर्गत अन्य ७ परियोजना सम्पन्न भैसकेको छ । भारतीय राजदूतावासले ९ एम्बुलेन्स र ३ बससमेत यस जिल्लालाई प्रदान गरेको छ ।

यस बाहेक, भारत सरकारले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक, शैक्षिक, सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धारको लागि करिव ने.रु. ३०० मिलियन सहयोग प्रदान गरिसकेको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूलातथा साना ५२२ भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७६०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकता अनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

नेपालको समग्र विकासमा शैक्षिक पुर्वाधार विकासको महत्वमा जोड दिदै महामहिम राजदूतले उद्घाटन मन्तव्यमा क्रममा नेपाली जनताको शान्ति, स्थायीत्व, समृद्धि र विकासको चाहनामा नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत कार्यन्वयन भएका विभिन्न परियोजनाले सहयोग गर्ने बताउनुभयो ।