भारत्तोलन जारी, सेना अग्र स्थानमा, दिनेश श्रेष्ठद्वारा नयाँ किर्तिमान

???????????????????????????????सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा संचालन भईरहेको पुरुष तथा महिला भारत्तोलन प्रतियोगितामा विभागीय टोली नेपाली सेना ५ स्वर्ण ७ रजत र १ कास्य पदक प्राप्त गरी अग्र स्थानमा छ।
त्यस्तै अर्का विभागीय टोली नेपाल प्रहरी ४ स्वर्ण, २ रजत र २ कास्य सहित दोस्रो स्थानमा छ । यसैगरी पुर्वाञ्चल २ स्वर्ण र १ रजत सहित तोस्रो स्थानमा छ । मंगलवारसम्पन्न महिलातर्फको ६९ केजी तौल समुहमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा १ सय ३६ केजी उचालेर स्वर्ण, नेपाली सेनाकी उषा खड्काले १ सय २५ केजी उचालेर रजत तथा नेपाल प्रहरीकी जानकी वुढाले १ सय १२ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । महिला तर्फ कै ७५ केजी तौल समुहमा पुर्वाञ्चलकी शान्ति चौधरी १ सय ३५ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गरेकी छिन् । सोही तौलम समुहमा १ सय २६ केजी तौल उचालेर नेपाली सेनाकी मनु कुमारी बन रजत तथा १ सय २३ केजी उचालेर नेपाल प्रहरीकी लक्ष्मी वन काश्यपदक प्राप्त गरेकी छिन् ।

त्यस्तै पुरुषतर्फको ९४ केजी तौल समुहमा नेपाली सेनाका दिनेश श्रेष्ठले २ सय ६८ केजी तौल उचालेर नयाँ किर्तिमान रच्दै स्वर्ण पदक हाता पारेका छन् । आफनै नाममा रहेको पुरानो २ सय ६४ केजीको किर्तिमान भंग गर्ने क्रममा उनले स्न्याचतर्फ ११८ र क्लिन एण्ड जर्कतर्फ १५० केजी भार उचालेका थिए ।

नेपाल प्रहरीका श्रीकृष्ण महर्जनले २ सय १५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका उज्ज्वलकुमार झाले १७५ केजी उचालेर कास्य पदक प्राप्त गरेका थिए । पुरुष र महिला गरी १५ तौल समुहमा हुने प्रतिस्पर्धामा मंगलवारसम्म १२ तौल समुहको प्रतिस्पर्धा सकिएको तथा तिन तौल समुहमा वुधवार प्रतिस्पर्धा हुने भारत्तोल संघ सप्तरीका अध्यक्ष महेश यादवले जानकरी दिएका छन् ।