भारतीय योगगुरु बाबा रामदेब सप्तरीमा

20161126_143917केही दिन यता नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेब शनिवार दिउसो सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठ आएका छन् । योग गुरु स्वामी रामदेवले सप्तरीको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठलाई बली प्रदान मुक्त क्षेत्र घोषणा गर्न आग्रह गर्नुभएको छ ।

शक्तिपीठ परिसरमा शनिवार आयोजित एक भव्य समारोहका बीच वहाँले बली प्रदान मुक्त शक्तिपीठ घोषणा गर्न आग्रह गर्नुभएको हो । सम्पूर्ण जीवजन्तु श्रृष्टिको सन्तान भएको तर्क राख्नुहुँदै स्वामी रामदेवले बली दिई रगतको धारा बगाएर माता खुशी नहुने भएकोले बली प्रदानको परम्परा तोड्दै बली प्रदान नगर्न नगराउन शक्तिपीठ संरक्षण समिति र जनसमुदायसँग आग्रह गर्नुभयो ।

छिन्नमस्ता माता रगतको भोको नभई प्रेम र भावको भोको भएको भन्नुहुँदै खसी, बोकालगायतका जीवको बलीको साटो मीठाई, फलफूल आदि प्रसाद चढाउन स्वामी रामदेवले आह्वान गर्नुभयो ।

सोही समारोहमा आचार्य बालकृष्णले बली प्रदानको परम्परालाई समाजबाट सदाकालागि मेटाउन आग्रह गर्नुभयो । वहाँले जीव हत्या गर्ने कार्यलाई धर्तीबाट हटाउन सञ्चारमाध्यमलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

???????????????????????????????शक्तिपीठमा आगामी चैत्र १६ गतेदेखि नेपालमै पहिलो पटक आयोजना हुन लागेको लक्ष्चण्डी रुद्र महायज्ञकालागि पाँच लाख रुपैयाँ सहयोग तथा पीठाधीश महाकान्त ठाकुरलाई बली प्रदान कार्य रोक्नमा योगदान पुर्याउन आग्रहसहित एक लाख रुपैयाँ दक्षिणा समेत स्वामी रामदेवले प्रदान गर्नुभएको छ ।

आचार्य बालकृष्ण सहित हेलिकप्टरमा आएका रामदेबले छिन्नमस्ता भगवती मन्दिरमा पुजा गर्नुका साथै शक्तिपीठ परिसरमा उपस्थित ठुलो भिडलाई योग समबन्धी जानकारी दिए ।

उनले पशु बली भन्दा आफु भित्र रहेको अहंकारलाई बली दिन आग्रह गरे । बिहान साढे ११ वजेको निर्धारित समय भन्दा झण्डै अढाई घण्टा ढिलो आएका रामदेबलाई स्वागत गर्न सयौको संख्याका सप्तरी जिल्लाका बिभिन्न गाउवाट सर्वसाधारण ओईरिएका थिए भने सिमावर्ती भारतीय क्षेत्रवाट पनि ठुलो संख्यामा उनका अनुयायीहरु आएका थिए ।