भारतीय नागरिकको वियोग, डेढ विघा ग्याब

1
सप्तरी जागरण अनलाइनलाई आफ्नो पीडा सुनाउँदै भारतीय नागरिक ठाकुर ।

सन् १९५० को नेपाल भारत बीच भएको मैत्री सन्धी अनुसार भारतीय जनताले नेपालमा र नेपाली जनताले भारतमा जग्गा जमिन खरिद बिक्री गर्न सक्ने प्रावधान रहेको छ । सोही अनुरुप अहिले पनि तराईको विभिन्न जिल्लामा भारतीय नागरिकहरुको जग्गा जमिन रहेका छन् । सोही अनुरुप भारतको विहार राज्य मज्फरपुर जिल्ला लखनपुर पंचायत वार्ड नं. ७ थाना कतरा बस्नेत ८७ वर्षिय रामनेहोरा ठाकुरको नाममा सप्तरीको सिम्राहा सिंगियौन गाविस वार्ड नं. ९ कनकटामा १० विगहा जग्गा रहेको थियो । जसमध्ये ठाकुरले पटक पटक गरी अधिकांश जग्गा बिक्री गरी ठाकुरको नाउँमा कायम रहेको सिम्राहा सिंगियौन वार्ड नं. ९ (क) कि.नं. १०४, १०५, १४८, २८५ र ९ (ख) कि.नं.  ५५, ६३, ६४, ६८ र ६९ को कुल क्षेत्रफल १ विगहा २७ कठ्ठा १२ धुर जग्गा जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजबाट भर्खरै अवकाश प्राप्त गरेका राजविराज–७ का विशेश्वर प्रसाद चौधरी र अवकाश प्राप्त रेन्जर सिम्राहा सिंगियौन–९ का नारायण प्रसाद गुप्ता रौनियारले किर्ते गरी आफ्नो नाममा दर्ता गराएको छ ।

पिडित ठाकुरले ५ महिना देखि प्रहरी प्रशासन र सम्बन्धित निकायमा धाएपनि उनको कुनै सुनुवाई भइरहेको छैन । करिब २ करोड ३० लाख मुल्य पर्ने उक्त जग्गा किर्ते गर्नमा सिम्राहा सिंगियौन गाविसका गाविस सचिव नन्दी यादवको प्रमुख भुमिका रहेको छ भने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत दुर्गामणि सापकोटा र होमनाथ खत्रीको पनि उत्तिकै संलग्नता देखिन्छ । गाविस र जिल्ला प्रशासनका कर्मचारीहरुले किर्ते व्यक्ति खडा गरी नक्कली नागरिकता दिई उक्त जग्गा पास गराउनमा तत्कालिन मालपोत कार्यालय प्रमुख जयकान्त झाले मोटो रकम लिई जग्गा पास गराए दिएका हुन् । झा बारा जिल्ला मालपोत कार्यालयमा हुँदा यस्तै प्रकृतिका त्यहाँ पनि काम गरेका थिए ।

हाल उनी घरेलु कार्यालय रौतहटमा प्रमुख छन् । नेपालमा माओवादी द्वन्द्व चर्किपछि डरले गर्दा ठाकुर आफ्नो जग्गाको कुत लिन नेपाल आउन छाडे । माओवादी द्वन्द्व न्यून भएपछि २०६९ ठाकुर जग्गाका कुत लिन आउँदा आफ्नो नाउँको जग्गा अरुले नै पास गराईसकेको थाहा पाईसकेपछि आश्चर्य चकित भयो ।

कसरी जग्गा किर्ते भए ?

रामनेहोरा ठाकुर भारतीय नागरिक हुन् । उनी विहार सरकारको कर्मचारी पनि । उनले किन नेपाली नागरिकता लिनु पर्ने ८७ वर्षिय ठाकुर भन्छ –‘१९५० को सन्धि मैले नेपाल सरकारबाट सबै सुविधा पाईरहेको छु । मलाई नागरिकता बनाउन के जरुरी म भारतीय नागरिक हुन् ? म दोहोरो नागरिकता किन लिनु तर गाविस सचिव नन्दी यादवलाई विशेश्वर र नारायणले प्रलोभनमा पारी किर्ते नागरिकता बनाउन सफल भए, नारायण प्रसाद रौनियारले आफ्नो ससुरा भारत सुपौलका त्रिलोचन रौनियारलाई राम नेहोरा ठाकुर बनाएर २०५२ साल जेष्ठ २४ गते मा नागरिकता निकाले र पुनः नागरिकता हराएको भनी पुरानो नागरिकता प्रमाण पत्र २०६९। ५।२९ ना.प्र.न. १६२२ को प्रतिलिपी पुनः निकाले जसमा होमनाथ खत्रीको हस्ताक्षर रहेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतको यी सब कुरा राम नेहोरा ठाकुरलाई थाहा छैन । प्रतिलिपि नागरिकताको अनुसार पुनः गाविस सचिव यादवले मालपोत कार्यालयलाई पत्र लेखी प्रतिलिपि नागरिकता लिएको व्यक्ति रामनेहोरा ठाकुर हो । निजको फोटो टाँस गरी जग्गा रजिष्ट्रेशन पास गरी दिनु भनी पत्र लेखियो । सोही पत्रका आधारमा मालपोतका कर्मचारीहरु खरिदार हिराधन राई, नायब सुब्बा, केदा बास्तोला र कार्यालय प्रमुख जयकान्त झाको मिलोमतोमा ठाकुरको जग्गा अर्कै व्यक्तिको नाउँमा पास भयो । कर्मचारी संकेत नं. १८००६४, नागरिकता प्रमाण पत्र २३९१ (रौतहट) र कर्मचारी संचयकोष परिचय पत्र नं. २४३७४३ रहेको तत्कालिन मालपोत प्रमुख जयकान्त झाले १५ लाख रुपैयाँ लिएको अनुमान गरिन्छ । हाल निमित्त प्रमुख सरयुग लाल दासको पनि संलग्नता देखिन्छ किन भने किर्ते गर्नेहरु निमित्त प्रमुख दासको आफन्त हो । दास विगत १० वर्ष देखि मालपोत कार्यालयमै रहेको छ । उनको सरुवा हुँदैन । घुस्या कर्मचारीको रुपमा सप्तरीबासी बीच दास चर्चित रहेका छन् ।

ठाकुर प्रहरी प्रशासन धाउँदा धाउँदै थाकिसकेका छन् । प्रहरी प्रशासनले कुनै वास्ता नगरेपछि ठाकुर अन्तः अदालतको ढोका ढक्ढक्याउन पुगे । आज मंगलबारका दिन पुनरावेदन अदालत राजविराजका न्यायाधिशद्वय बलराम विष्ट र महेन्द्रराज गौतमले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पिडितको जाहेरी दरखास्त दर्ता गरी अनुसंधान प्रक्रिया अगाडी बढाउन परमादेश जारी गरेको छ ।

ठाकुरको जग्गा निरीक्षण गर्दै अनलाईनका सम्पादक वैद्यनाथ यादव
ठाकुरको जग्गा निरीक्षण गर्दै अनलाईनका सम्पादक वैद्यनाथ यादव

सिम्राहा सिंगियौन गाविसका निवर्तमान गाविस अध्यक्ष देवनारायण यादवले भने–‘२०४९ साल देखि २०६९ सम्म म लगातार गाविस अध्यक्ष थिएँ । मेरो पालामा उसको जग्गा कायमै नै थियो । ठाकुर वर्षे पिच्छे कुत लिन आईरहने र आफूसँग बेलाबखत भलाकुसारी हुने गर्दथ्यो । उसको नाउँमा दर्ता रहेको जग्गा कसरी पास भयो । आफूलाई थाहा भएन । यसको सुक्षम अनुसंधान हुनुपर्छ  र किर्ते गर्ने व्यक्तिलाई कडा भन्दा कडा सजायको व्यवस्था होस् ।’ उहाँले पीडित भारतीय नागरिक हुँदैमा उसले न्याय पाउँदैन भने छैन । ठाकुर अदालत गएको छ । अदालत ईश्वर तुल्य हुन्छ । ठाकुरले न्याय पाउँछ । किर्ते जालसाज गर्ने उपर सम्बन्धित निकायले अनुसंधान गर्ने पर्छ, बताउनुभयो ।

निमित मालपोत अधिकृत सरयुग लाल दासले आफू उक्त कार्यमा संलग्न नरहेको र तत्कालिन कार्यालय प्रमुख जयकान्त झाले नै उक्त जग्गा अरुको नाममा पास गरिदिएको हुँदा आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र्र कुमार यादवले किर्ते नागरिकता बारे आफूले अनुसंधान शुरु गरी सकेको र छिट्टै नै सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्दै गैर नेपालीले नागरिक लिएको ठह¥यो भने कडा भन्दा कडा हुने बताउनुभयो ।

यता सप्तरीका प्रहरी प्रमुख दानसिंह बोहराले भारतीय नागरिकको नेपालमा जग्गा जमिन हुनु भन्ने कुरा आफ्नो लागि नौलो भएको बताउँदै अदालतबाट समेत परमादेश आईसकेको हुँदा अनुसंधानको दायरा फराकिलो हुने र किर्ते गने व्यक्तिलाई हदैसम्मको सजाय दिलाउन आफूकुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो ।