भारतको प्रख्यात फेसन शोमा अन्जली भिडदै

Anjali Lamaनेपाली मोडलिङ क्षेत्रमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियाहरुमा भाइरल बनिरहेकी छिन्। भारतमा प्रतिष्ठित एवं अन्तर्राष्ट्रियस्तरको मानिने ‘लेक्मी फेसन विक’मा क्याट वल्क गर्ने अवसर पाएपछि उनको चर्चा चुलिएको हो। डेली मेल, वाशिंटन पोस्ट, आज तक, एसियन एज, साउथ लाईभ लगायतका विभिन्न सञ्चार माध्यमहरुमा उनि छाइरहेकी छिन्।

नुवाकोटमा जन्मिएकी अन्जली लामाको वास्तविक नाम नवीन वाइबा हो। उनले मिडियासँग आफूले बाल्यकालमा भोगेको भेदभाव र अनुभव पनि बाँडेकी छन्। अध्ययनका लागि राजधानी काठमाडौं आएपछि मात्रै आफूजस्तै मान्छेसँग भेट्न पाएको उनले बताएकी छन्। सफलता प्राप्त गर्न आत्मविश्वास र लक्ष्य सही हुनुपर्छ। त्यही आत्मविश्वास र सही लक्ष्यले एक तेस्रो लिङ्गी नेपालीले सफलता हात पारेकी छन्। मोडलिङ बजारमा भारतको ‘लेक मी फेसन विक’ प्रख्यात मानिन्छ।