बेलायतको आर्थिक सम्भावना निराशाजन

downloadयुरोपेली संघबाट बाहिरिने निर्णयसँगै बेलायतका विभिन्न वित्तिय संस्थाहरुले क्रेडिट रेटिङ घटाएका छन् ।
आर्थिक सम्भावना निराशाजन रहने अनुमान गर्दै उनीहरुले क्रेडिट रेटिङ घटाएका हुन् ।

स्टयाण्डर्ड एण्ड पोर्स एसएण्डपीले दिँदै आएको ट्रिपल ए स्तरको क्रेडिट रेटिंग गुमाएसँगै बेलायतको आर्थिक स्थितिले निरासाजनक बाटो समात्ने अनुमान गरिएको छ।
यसैबीच एसएण्डपीको प्रतिद्वन्द्वी निकाय फिचले पनि बेलायतको डबल ए प्लसको रेटिंगलाई डबल एमा सिमित गरेको छ । सामान्यतया उपल्लो क्रेडिट रेटिङ हुँदा कम ब्याजदरमा अन्तराष्ट्रिय बजारमा ऋण पाइने प्राबधान छ । यसअघि मुडिज भन्ने वित्तीय निकायले पनि बेलायतको आर्थिक सम्भावनालाई स्थायीबाट घटुवा गरेर ऋणात्मकमा पु¥याएको थियो ।

बेलायत जनमतसंग्रहमार्फत युरोपियन युनियन इयूबाट बाहिरिने भएपछि स्पेनिस जाइन्ट रियल मड्रिड वेल्सका स्टार ग्यारेथ बेलको भविश्यलाई लिएर समस्यामा पर्ने देखिएको छ ।
बेलायत इयूबाट बाहिरिएपछि बेल अब गैर–इयू खेलाडी भएका छन्। यता ला लिगामा तीन जना मात्र गैर–इयू खेलाडी खेलाउन पाउने नियम भएपछि बेल र उनको क्लब समस्यामा परेको हो । जेम्स रोड्रिग्युज,डानियो र कारिमोरो गरी मड्रिडमा पहिलेदेखि नै तीन गैर–इयु खेलाडी रहेका छन्।त्यस्तै मड्रिडले पनि बेललाई नयाँ प्रस्ताव राख्ने बताएको छ । बेल सन् २०१३ मा किर्तमानी सम्झौताका साथ क्लबमा अवद्ध भएका थिए ।

     यता जनमत संग्रहको नतिजापछि अलमलमा देखिएका बेलायती जनतालाई  प्रधानमन्त्री डेबिड क्यामरुनले एकजुट हुन आग्रह गरेका छन् । युरोपेली युनियनबाट छुटिने जनमतको फैसलापछि पक्ष र विपक्षमा विभाजित जनतालाई बेलायतको एकताका लागि लागि पर्न क्यामरुनले आह्वान गरेका हुन् ।

जनमत संग्रहको नतिजा सार्वजनिक भएसँगै पदबाट राजिनामा घोषणा गरेका कन्जरभेटिभ नेता समेत रहेका क्यामरुनले  तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले आफ्नो राजीनामा घोषणा फिर्ता नहुने पनि बताए । जनमत संग्रहको निर्णयको सम्मान गरेका उनले यसैका नाममा बेलायती एकतामा खलल पर्न सक्ने भन्दै सचेत रहन आग्रह् गरेका छन् । जनमत संग्रह लगत्तै पोल्याण्डका जनतालाई गरेको गाली गलौजको भत्सर्ना गर्दै क्यामरुनले बेलायतका लागि उनीहरुले दिएको योगदानको कदर गर्नुपर्ने पनि बताए ।