बेलायतका युवराजको विवाह अमेरिकी अभिनेत्रीसँग

बेलायतका युवराज ह्यारी
बेलायतका युवराज ह्यारी

बेलायतका युवराज ह्यारीको अमेरिकी अभिनेत्री मेघन मार्केलसँग विवाह हुने निश्चित भएको बताइएको छ । केनसिङटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै आगामी वसन्त ऋतुमा विवाह हुने निश्चित भएको बिबिसीले जनाएको छ । विवाहबार ह्यारीले बेलायती महारानी एलिजाबेदलाई जानकारी गराइसकेको समेत बताइएको छ । केही दिनअघि मात्र ह्यारी र मेघनबीच नटिङघम कटेजमा इन्गेजमेन्ट भएको थियो । मार्केलका बुबा आमाले एक विज्ञप्ति जारी गरी आफ्नी छोरी बेलायती राजपरिवारसँग सम्बन्ध गाँस्न लागेकोमा खुशी लागेको बताएका छन् । भाइले विवाह गर्न लागेकोमा युवराज विलियमले समेत खुशी व्यक्त गरेका छन् । युवराज ह्यारीभन्दा मेघन तीन वर्षले जेठी रहेकी बताइएको छ ।