बुबाको श्राद्धमा सरकारी गाडीको दुरुपयोग

govजिल्ला जनस्वास्थ्य कार्यालय धुनषाका प्रमुख सचितानन्द देवले कार्यालयको गाडिको ब्यापक दुरुपयोग गरिरहेका छन् । शुक्रवार उनको गाडि राजविराजमा भोजभतेरका सामान ढुवानीका लागि प्रयोग गरिएको थियो ।

राजविराज ८ निवासी कार्यालय प्रमुख देवले आफना पिता स्वर्गिय तेजनारायण देवको श्राद्ध कर्मका लागि कार्यालयको वा१झ ८७२१ नम्वरको सरकारी गाडि राजविराज ल्याएर दिनहु जोत्ने गरेको पाईएको छ । चालक विनोद झासित वुझदा उनले भने–‘हाकीम सा’वले अह्राएको काममा गाडिको प्रयोग भएको हो ।’

उक्तगाडि महुलीदेखि दुध-दही, सुनसरीको ईनरुवावाट तरकारी र कोशी ब्यारेजवाट दाउरा वोक्ने काममा प्रयोग हुँदै आएको छ । एक साता यतादेखि हाकीम देवले सरकारी गाडिसँगै आफु मातहतका दर्जन वढि कार्यालय सहयोगिलाई भोजको तयारीमा खटाईरहेका छन् ।