बाघको छाला सहित दुई भारतीय पक्राउ

SAM_6820प्रहरी टोलीले सुनसरीको इटहरीबाट भारततर्फ निकासी गर्न लागिएको अवैध पाटे बाघको छाला सहित दुई जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले विषेश सुराकीको आधारमा इटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित डुमटोलवाट भारत राजस्थान जोतपुर घर भएका १९ वर्षका राजु वागडी र ३५ बर्षका रामदेव बागडीलाई पाटे बागको छाला सहित पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक ओम अधिकारीका अनुसार अभियुत्तहरुको साथबाट प्रहरीले एक थान बाघको छाला र ८० हजार नगद पनि वरामद गरेको छ ।

पक्राउ परेका अभियुत्तहरु लामो समयदेखि पेसेवर रुपमा जंगली जनावरहरुको हड्डी छाला लगागत विभिन्न अंगहरुको तस्करीमा सम्लग्न रहेको अनुमान प्रहरीको छ । पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारवाहीका लाीग जिल्ला वनकार्यालय सुनसरीमा वुझाउने प्रनाउ अधिकारीले जागरणलाई बताए ।