बाँदरको टोकाईबाट सात बालबालिका घाइते

459190महोत्तरीको जलेश्वर नगरपालिकामा बाँदरको टोकाईबाट सात बालबलिकाहरु घाईते भएका छन । घाइते हुनेमा जलेश्वर नग।पालिका १७ प्रकौलीका सात वर्षीय आलाक झा, आठ वर्षीय कृष्णा मुखिया, सात वर्षीय चन्दन झा, आठ वर्षीया अञ्जु कुमारी, सात वर्षीया उषा कुमारी, १२ वर्षीया बबिता कुमारी र वडा नं १८ फुल्हट्टाका विक्रम महतो रहेको जिल्ला अस्पताल महोतरीले जनाएको छ ।

तर अस्पतालमा रेविजको सुईको अभाव भएकाले उनीहरुलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाईएको छ ।जंगल क्षेत्रबाट सो गाउँमा प्रवेश गरेका बाँदरले एक्लो मान्छेलाई देख्दा लखेटने तथा घर–घरमा पसेर अन्नपात खाइदिने, भाँडाकुडा फाल्नुका साथै घरमा पनि क्षति पुर्याउने,बालबालिकालाई देख्ने वितिकै टोक्ने गरेका छन ।

बाँदरले विगत तीन दिनदेखि मा जलेश्वर नगरपालिका १७ प्रकौली र वडा नं १८ फुल्हट्टाका आतङ्क मच्चाएको छ। सो गाउँका स–साना बालबालिकाहरु बाँदरकै डर बाहिर निस्कन नमानेको स्थानियहरु बताउँछन