फोरम अध्यक्ष यादव दश हजार मतान्तरले विजयी

संघिय समाजवादी  फोरमका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव
संघिय समाजवादी फोरमका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव

सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट संघिय समाजवादी फोरमका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । शनिबार साँझ घोषित परिणाम अनुसार फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार रहेका यादवले २१ हजार ६ सय २० मत प्राप्त गरि निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी वाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले ११ हजार ५ सय ८३ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् । जिल्लाको अन्य क्षेत्रमा पनि संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको अग्रता देखिएको छ । प्रतिनिधि सभाका ४ र प्रदेश सभाका ८ क्षेत्र रहेको जिल्लामा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यमा फोरम राजपा गठबन्धनले अग्रता लिएका छन । शनिवार साझं सम्मको गणना परिणामनुसार प्रतिनिधि सभा क्षेत्र १ मा फोरमका डा. सुर्य नारायण यादव १३ हजार ९ सय ९७ मत प्राप्त गरी अग्र स्थानमा छन् । उनलाई वाम गठबन्धनका अशोक कुमार मण्डल (अमर) १० हजार ३ सय मत प्राप्त गरी पछयाइ रहेका छन् । सो क्षेत्रमा काँगे्रसका रामदेव साहले ९ हजार २ सय ८६ मत प्राप्त गरी पछयाइ रहेका छन ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राजपाका चन्द्रकात चौधरी १५ हजार ३ सय ९८ मत प्राप्त गरी अग्रता लिएका छन भने काँग्रेसका दिनेश यादव १४ हजार ६ सय ८९ मत ल्याई उनलाई पछयाई रहेका छन् । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपालि काँग्रेसका तेजुलाल चौधरी ५ हजार १ सय २२ मत प्राप्त गरी अग्रता लिएका छन भने राजपाका मृगेन्द्र कुमार सिंह यादव ३ हजार ६ सय ८८ मत प्राप्त गरी उनलाई पछयाई रहेका छन ।

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलका शहिदहरु प्रति सम्मान व्यक्त गर्दै मधेश आन्दोलले उठाएका माँगहरु सम्बोधन गराउन आफ्नो सक्रिर्य भुमिका र पहल हुने प्रतिवद्धता जनाएका छन् । उनले सप्तरीका जनतालाई धन्यवाद व्यक्त गर्दै सप्तरीको समग्र विकासका लागि आपूmले इमान्तारि पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 उम्मेदवार न भए पनि उल्लेख्य भोट 

सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा काग्रेस र मधेश गठबन्धनका उम्मेदवार बीच तालमेल भयो । जस अनुसार कांग्रेसले संघिय समाजवादी फोरमका अध्यक्ष रहेका उपेन्द्र यादवलाई समर्थनगर्दै यस क्षेत्रकालागी धोषित उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात यस क्षेत्रमा काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार नै थिएनन ।

तर मतगणना गर्दा प्रतिनिधि सभा सदस्य २ मा काग्रेसले उल्लेख्य मत प्राप्त गरेको छ । उम्मेदवार नै न भए पनि, काँग्रेसले यो पदमा १ हजार ८ सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुगांनाले जानकारी दिए ।

सहमति गरेर पनि यतिका मत उम्मेदवारै नभएको चिन्हमा खस्नु आश्चर्यको विषय रहेको संघीय समाजवादि फोरमका स्थानीय नेता दिनेश कुमार यादवको भनाइ थियो । यधपी ती मतहरु जानि–जानि नभइ अज्ञानतावश र उम्मेदवार पुग्न नसकेको अशिक्षित बस्तीका मतदाताहरुबाट पर्न गएको हुन सक्ने काँग्रेसका नेताहरुको भनाइ छ ।