फेरि टिकुलियामा गोलीहानाहान, ठूलो मात्रामा गाँजा बरामद

बरामद गरिएकाे गाँजा र तस्करलाइृ सार्वजनिक गदैृ साथमा प्रहरी ।
बरामद गरिएकाे गाँजा र तस्करलाइृ सार्वजनिक गदैृ साथमा प्रहरी ।

सप्तरीको टिकुलिया गाविसमा गाँजा तस्कर तथा प्रहरीबीच विहिवार विहान दोहोरो गोली हानाहान भएको छ । प्रहरी सहायक निरिक्षक रामजी चौधरीको नेतृत्वमा बुधवार राति खटिएको प्रहरी टोलीले बलान खोलाको बगर स्थित ६÷७ जना व्यक्तिको टाउकोमा पोका बोकि हिडिरहेको देखि रोक्न खोज्दा उक्त व्यक्तिहरुले एक्कासी दुई राउण्ड गोली फायर गरेका थिए ।

सादा पोशाकमा खटिएका प्रहरीले जवाफी पाँच राउण्ड फायर गरेपछि अँध्यारोमा पोका छाडी भाग्ने क्रममा प्रहरीले एक जना गाँजा तस्करलाई पक्राउ गर्नमा सफल भएको छ ।

भारततर्फ गाँजा निकासी गर्न लागेको समूहमध्यबाट यसरी पक्राउ पर्नेमा सिरहा जिल्ला भगवानपुर गाविस–१ निवासी ४७ वर्षीय भुलाई यादव रहेको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले जानकारी दिएका छन् ।  त्यस्तै प्लाष्टिकको ५ बोरामा १ सय ५ किलो गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।यस अघि टिकुलियाबाट एक सय ७५ केजी, भारदहबाट १ सय ८५ केजी गाँजा बरामद गरिएको थियो ।