फिल्म पिके विरुद्ध हिन्दु संगठन

3आमिर खाँनको सुपरहिट फिल्म पिके रिलिज भएको हप्ता दिन नबित्दै विवादित बनेको छ । १९ डिसेम्बर २०१४ मा रिलिज भई सर्वसाधारणका लागि विभिन्न स्थानमा नपुग्दै नेपाल र भारतका हिन्दूवादी संगठनहरुले पिके विरुद्ध प्रदर्शन र पुल्तला समेत जलाउन थालेका छन् ।

फिल्म रिलिज भएको हप्ता दिनमै ४ सय करौडको ब्यापार गर्न सफल पिके कट्टरपन्थी फिल्मको रुपमा आएको हो । फिल्ममा भगवान शिव र अन्य हिन्दू देवी देउताको अपमान गरेको भन्दै तत्काल फिलमलाई प्रतिबन्ध लगाउनु पर्ने विभिन्न धर्म गुरुहरुले बताएका छन् ।

फिल्म पिकेलाई लिएर सोमबार भारतको भुपाल, उत्तर प्रदेश, महाराष्ट्र दिल्ली सहितका स्थानमा बलिउडका नायक आमिर खानको पुत्ला दहन गर्नुको साथै सिनेमा हलहरुमा ढुंगामुढा समेत गरिएको छ ।

नायक आमिरको आतंकवादीहरु सित संलग्नता रहेको भन्दै सेन्सर बोर्डको ध्यानाकर्षण समेत गराएको छ ।

फिल्म पिकेको योग गुरु बाबा रामदेव, स्वामी स्वरुपानन्द शंकरचार्य, शिवसेना, बजरंग दल, राप्रपा नेपाल लगायतले विरोध जनाएको छ । फिल्म पिकेलाई लिएर भारतको विभिन्न स्थानमा दिनहुँ जसो आन्दोलन भईरहेको छ ।