फत्तेपुरमा विद्यालय स्थापनार्थ पुराण

  संस्कृत वेद विद्यालय स्थापना गर्ने उदेश्यले सप्तरीको फत्तेपुर स्थित सप्तकोशी नगरपालिकामा बुधवारदेखि विष्णु पुराण शुभारम्भ
संस्कृत वेद विद्यालय स्थापना गर्ने उदेश्यले सप्तरीको फत्तेपुर स्थित सप्तकोशी नगरपालिकामा बुधवारदेखि विष्णु पुराण शुभारम्भ

संस्कृत वेद विद्यालय स्थापना गर्ने उदेश्यले सप्तरीको फत्तेपुर स्थित सप्तकोशी नगरपालिकामा बुधवारदेखि विष्णु पुराण शुभारम्भ भएको छ ।
वडा नम्वर–१ स्थित विष्णु मन्दिरमा आयोजित सात दिने पुराणको वैष्णव परिषद नेपालका अध्यक्ष श्री १००८ देवराजाचार्यले पानसमा वत्ति वालेर उदघाटन गरेका हुन् । वुधवारदेखि १८ गते सोमवारसम्म सञ्चालन हुने अस्टोत्तर १०८ श्री विष्णुपुराण ज्ञान महायज्ञ नेपाल र भारतमै ऐतिहासिक भएको आयोजकले दावी गरेका छन् । शास्त्रमा उल्लेख भएका १८ पुराणमध्येको एक मानिने विष्णुपुराणका प्रकार मध्ये पनि फत्तेपुरमा आयोजित पुराण हालसम्म नेपाल र भारत कुनै पनि देशमा आयोजना नभएको उनीहरुको दावी छ ।
भारतको जयपुर विश्वविद्यालयका प्रधानाध्यापक प्रा. डा. पुरुशोत्तम नेपालले कथा वाचन गर्ने महायज्ञमा दैनिक १०८ पण्डितहरुले पाठ परायण (पाठ वाचन) गर्ने आयोजक समितिका सदस्य उत्तमकुमार गौतमले जानकारी दिए । उक्त कार्यक्रममा स्वामी श्री १००८ देवराचार्य तथा अन्य विशिष्ठ ब्यक्तिहरुको समेत उपस्थिती रहने उनले वताए ।
आयोजक समितिका अध्यक्ष केदार वहादुर विष्टको अध्यक्षतामा उदघाटन भएको महायज्ञ उदघाटनका क्रममा वालब्यास वाचक शिरोमणी श्रीनिवास आचार्यले समेत प्रवचन दिएका थिए ।      आचार्य हिन्दुराष्ट्र घोषणा र गौहत्याको विरुद्धमा विगत १ वर्षदेखि अनसनमा थिए । यसअघि फत्तेपुरमा कलश यात्रा समेत गरिएको थियो । १०८ कलश सहित यज्ञस्थलवाट निस्केका नरनारीहरुले फत्तेपुर वजारको परिक्रममा गर्दै त्रियुगा नदिको जल ल्याई यज्ञस्थलमा राखिएको छ ।
महायज्ञको समापन आगामी फागुन १८ गते हुने समितिका सदस्य हरेराम विष्टले जानकारी दिए । पुराणवाट संकलन भएको सम्पुर्ण रकम संस्कृत वेद विद्यालयको स्थापनामा खर्च गरिने उनले जानकारी दिए । धार्मिक परम्परा र सामाजिक संस्कारका कारण संस्कृत विषयमा पढाई आवश्यक देखिएकोले त्यो आवश्यक्ता पुरा गर्न पुराणको आयोजना गरिएको वताए । संस्कृत पढ्न चाहनेहरुका नेपालमा सहज ब्यवस्था छैन र भारतै पस्नुपर्ने बाध्यता छ’ उनले भने– त्यो समस्यालाई न्यूनिकरण गर्न फत्तेपुरमै संस्कृत विद्यालयको स्थापना गर्ने र पुराणवाट श्रोत जुटाउने उदेश्य राखिएको छ ।’