प्रहरी तालीम केन्द्र बिराटनगको ४९ औं वार्षिकोत्सव

प्रहरी जवान नामक पुस्तको बिमोचन गर्दै मोरंगका प्रजिअ गणेशराज कार्की
प्रहरी जवान नामक पुस्तको बिमोचन गर्दै मोरंगका प्रजिअ गणेशराज कार्की

पूर्वक्षेत्रीय प्रहरी तालीम केन्द्र रानी बिराटनगरले आफ्नो ४९ औं वार्षिकोत्सव बिविध कार्यक्रमको आयोजना गरी मनाएको छ । केन्द्रले वार्षिकोत्सवकै अवसर पारेर “प्रहरी जवान” पुस्तकको बिमोचनसमेत गरेको छ।

क्षेत्रीय प्रहरी तालीम केन्द्रको खेलमैदानमा आइतबार आयोजित बिशेष कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गणेशराज कार्र्कीले केन्द्रद्वारा वार्षिक रुपमा प्रकाशन गरिने ”प्रहरी जवान” पुस्तिकको १५ औं अङकको बिमोचन गर्नु भएको हो।

पुस्तक बिमोचन गर्नुहुँदै प्रजिअ कार्कीले व्यावासायिक प्रहरी उत्पादनको उगदमस्थल प्रहरी तालीम केन्द्रले ४८ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनुभयो। वहाँले प्रहरीको भूमिकाबाट नै सरकारको प्रतिनिधित्व हुने भएकोले समयानुकुल प्रहरीलाई दिईने तालीममासमेत परिवर्तन गर्दै नागरिकमुखि प्रहरी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

वार्षिकोत्सवकै अवसरमा केन्द्रले उत्कृष्टकाम गर्ने बिभिन्न दर्जाका ११ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृतसमेत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मी भण्डारी, हेमकुमार खड्का, प्रहरी नायव निरीक्षक दिपक खरेल, प्रहरी सहायक निरीक्षक मेहरमान लिम्बु, प्रहरी हवल्दारद्वय बिनोद कार्की, कुमार राई, प्रहरी जवानहरु मानबहादुर कार्की, बलबहादुर त्रिकोटी, मनिता राई तथा प्रहरी कार्यालय सहयोगी बिष्णु प्रसाद मरासनि र अशोककुमार डोम रहेका छन। उनीहरुलाई केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले नगद पुरस्कारबाट सम्मान गर्नु भएको हो।

सोही अवसरमा केन्द्रद्वारा आयोजित फुटबल, भलिवल, व्याडमिन्टन, टेबलटेनिस, १०० मिटर पुरुष्महिला दौड, ४०० मिटर पुरुष रिले दौड तथा मनोरन्जनात्मक खेल रस्साकस्सी र पिलो फाइटमा प्रथम तथा द्धितीय खेलाडीहरुलाईसमेत पुरस्कार बितरण गरिएको छ।

उनीहरुलाई प्रमुख अतिथी गणेशराज कार्की, अंचल प्रहरी कार्यालय कोशीका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानबहादुर शाह, तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेत, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मोरङका सशस्त्र प्रहरी उपरीक्षक कृष्णकुमार थापा र अर्जुनवाण गण थलाहा व्यारेक मोरङका प्रमुख सेनानी मित्रबहादुर थापाले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित अतिथी महानुभावहरुकालागि म्युजिकल चेयर तथा हण्डी फोर प्रतियोगिताकोसमेत आयोजना गरिएको थियो। दुबै प्रतियोगितामा आरती स्ट्रिप्स प्रा।लि।का दिवश नेपाल बिजयी हुनु भएको छ । वहाँलाई प्रमुख अतिथी गणेशराज कार्कीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा केन्द्रका सहसमादेशक प्रहरी नायव उपरीक्षक श्यामप्रसाद पौडेलले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने केन्द्रका समादेशक प्रवउ मिलन बस्नेतले उपस्थीत पाहुना वर्गहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसअघि मंसिर २३ गते वार्षिकोत्सवकै अवसर पारेर केन्द्रले बिराटनगर अस्तालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा बिभिन्न अस्पतालहरुमा बिरामीहरुलाई फलफुल बितरणसमेत गरेको थियो ।