प्रहरीको फन्दामा नुनु देवी झा, ठूलो ठग रहेको खुलासा, संस्थाको १५ करोड भन्दा बढी अनियमितता

नुनु देवि झा
नुनु देवि झा

महुली र बनरा खोलाको ठेक्का–पट्टा मिलाई दिने भन्दै ठगी गरेको आरोपमा सप्तरीको भारदह–१ कि नुनु देवी झालाई प्रहरीले पक्राउ गरेको छ ।
कंकालिनी बहुद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष झालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो । न्यौपाने निर्माण सेवाका सञ्चालक झापाको भद्रपुर नगरपालिका–९ का प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक जिल्ला काठमाण्डौ महानगरपालिका– १० का  कमरुजमा सेखले दिएको जाहेरी निवदेनको आधारमा ६० वर्षिय अध्यक्ष झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानसिंह बोहराले जानकारी दिए ।
करिव एक वर्ष अगाडिदेखि विभिन्न बहाना बनाई विश्वासमा पारेर विभिन्न मितिमा आफ्नो संस्थाको वंैक खातामा रकम जम्मा गर्न लगाई ९५ लाख रुपैयाँ ठगी गरेको भन्ने निर्माण व्यवसायीको जाहेरी दरखास्तका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएर ठगी मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको उनले बताए । ठगीमा संलग्न फरार व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
पक्राउ परेकी अध्यक्ष झा र संस्थाका कोषाध्यक्ष समेत रहेका उनका भतिजा दुर्गानन्द झाले संस्थाका कसैलाई थाहै नदिई ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति महाराजगञ्जले सप्तरीको मधवापुर, पोर्ताहा, रुपनगर, सितापुर र घोघनपुरमा खानेपानीको ट्यांकी निर्माणकालागि उपलब्ध गराएको २ करोड ५० लाख समेत अनियमितता गरेको एक सदस्यले बताए ।

 

यति मात्र होइनन् नुनु देवीले जापानी दूतावासले सुनसरीको बराह क्षेत्र स्थित तोरीबारीमा स्वास्थ्य चौकी भवन निर्माणकालागि ल्याएको १ करोड १७ लाख समेत कामै नगरी अनियमितता गरेको तथ्य सार्वजनिक भएको छ । यसैगरी गरिबी निवारण कोषले समुदायमा आधारित कार्यक्रम र पूर्वाधारकालागि उपलब्ध गराएको करोडौं रुपैयाँ अनियमितता गरेको संस्थाका एक सदस्यले बताए । नुनु देवीले जागिर लगाईदिन्छु भन्दै काठमाण्डौका विभिन्न व्यक्ति र फर्मबाट ५ करोड भन्दा बढी रकम ठगी गरेर फरारको सूचीमा रहेका छन् ।नुनु देवि झा
संस्थाको ऐन र प्रचलित कानूनको धज्जी उडाउँदै उनले संस्थाको लेटर प्याड र स्टाम्पको दुरुपयोग गरी आफ्नै भाइभतिजा, छोरा–बुहारीलाई संस्थाको कोअर्डिनेटर र विभिन्न पदमा नियुक्त गरेको संस्थाका पदाधिकारीहरुले बताए ।
प्रहरी थुनामा रहेकी नुनुदेवीले प्रहरीलाई समेत धाक धम्की दिई छिट्टै उन्मुक्ति पाउने प्रहरी श्रोतले बताएको छ । जुन नेताकहाँ गयो त्यही पार्टीको कार्यकर्ता भएको बताउने गर्दछिन् ।