प्रथम भारत–नेपाल मैत्री मोटर रयाली २०१५ आयोजना हुने

IMG_5981उडीसाको पुरीबाट काठमाण्डौंसम्मको प्रथम भारत–नेपाल मैत्री मोटर ¥याली २०१५ फरवरी २७ मा सुरु भै मार्च ८ मा दिल्ली पुगी समापन हुनेछ । संस्कृति, प्रकृति र साहसिक अभियानको प्रवद्र्धन गर्नु यस ¥यालीको उद्धेश्य हो ।
भारत र नेपालबीच विद्यमान बर्षाैं पुरानो सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई उजागर गर्दै यस ¥यालीले जगननाथ, पुरी र पशुपतिनाथ साथै भगिनी शहरहरु बोधगया र लुम्बिनीलाई जोड्नेछ ।
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गत बर्ष सम्पन्न भएका ऐतिहासिक नेपाल भ्रमणपछिका नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको गतिलाई घनिभूत गराउँने तथा जनस्तरको सम्बन्ध मजवुत गर्नको लागि यो ¥याली आयोजना गरिएको हो ।
पुरी र काठमाण्डौ दुबै सहरहरु तिर्थालुहरुको प्रमुख केन्द्र भएकोले यो कार्यक्रमको अहम महत्व छ । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया र बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्ध मार्गलाई समेत यस यात्राले विशेष महत्व दिनेछ ।
कार्यक्रमले दुबै देशका धार्मिक तथा साहसिक पर्यटनलाई घनिभूत गराउँने उद्धेश्य राखेको छ । पहिलो चरणमा ¥याली समुद्र सतहदेखि सुरु भै हिमालयका उच्च हिमालहरुसम्म पुग्नेछ भने दोश्रो चरणमा ¥यालीले दुई देशका महत्वपूर्ण सहरहरु, काठमाण्डौं र दिल्लीलाई जोड्नेछ ।
मोटर ¥याली मार्च २ मा नेपालको बिराटनगरस्थित जोगबनी भन्सार हुदै सुन्दर सहर धरानमा त्यसै रात पुगी रोकिनेछ । अर्काे दिन बर्दिवास हुदै धुलीखेल पुग्ने ¥यालीलाई नेपाल खेलकुद परिषदका सदस्य सचिव श्री युवराज लामाले स्वागत गर्नुहुनेछ ।
मार्च ४ मा काठमाण्डौ पुगी ¥यालीको पहिलो चरणको समापन हुनेछ । मार्च ५ को ८ बजे बिहान नेपालका माननीय युवा तथा खेलकुदमन्त्री श्री पुरुषोत्तम पौडेल र नेपालका लागि भारतीय राजदूत श्री रणजीत रायले दोश्रो चरणको मोटर ¥याली विदाइ गर्नु हुनेछ । त्यसपछि, सुन्दर सहर पोखरा, लुम्बिनी, धनगडी हुँदै ¥याली २०१५ मार्च ८ मा दिल्ली पुग्नेछ ।
भुवनेश्वरस्थित कालिंगा मोटर स्पोटर््स क्लव र नेपाल अटोमोवाइल स्पोटर््स एसोसिएसनको संयुक्त प्रयासमा भारतको फेडरेसन अफ मोटर स्पोर्ट्स क्लव, राँची एड्भेञ्चर ह्वीलर्स, राँची, मगध मोटर स्पोर्ट्स क्लव, पटना, भारतको सडक, यातायात तथा राजमार्ग मन्त्रालय, विदेश मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, काठमाण्डौस्थित गणतन्त्र भारतको राजदूतावास, नेपालको युवा तथा खेलकुद मन्त्रालय, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रथम भारत–नेपाल मैत्री मोटर ¥याली आयोजना हुदैछ ।