प्रजातन्त्रकोलागि लडेका सिंहलाई उपचार खर्चको अभाव, राज्यले उपेक्षा गरेको गुनासो

प्रजातन्त्रकोलागि निरन्तरको सङ्घर्षका सप्तरीको बभनगामाकट्टी–५ स्थित आफ्नै घरमा थला परेका ७२ वर्षिय मधुकान्त सिंह ।
प्रजातन्त्रकोलागि निरन्तरको सङ्घर्षका सप्तरीको बभनगामाकट्टी–५ स्थित आफ्नै घरमा थला परेका ७२ वर्षिय मधुकान्त सिंह ।

प्रजातन्त्रकोलागि निरन्तरको सङ्घर्षका क्रममा जेलनेल भोगेका ७२ वर्षिय मधुकान्त सिंह पाँच वर्षदेखि थला परेका छन् ।

कलेजो सम्वन्धि रोगले ग्रस्त भई सप्तरीको बभनगामाकट्टी–५ स्थित आफ्नै घरमा थला परेका उनलाई यतिबेला उपचार खर्चको समस्या छ । जीवन–मृत्युको दोसाँधमा पुग्दासमेत आफुलाई सरकार र पार्टीका नेता समेतले वास्ता नराखेको बताउँछन् उनी ।

२०१७ सालकै किशोरावस्थादेखि नेपाली काँग्रेसबाट तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध लागेको आरोपमा आफूले काँग्रेसका नेता स्व. सुवर्ण शम्शेर, स्व. कृष्ण प्रसाद भट्टराई, स्व. गिरिजा प्रसाद कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेललगायतसँग ८ वर्ष निर्वासित जीवन बिताउनु परेको उनले बताए । ‘तीन वर्षसम्म भट्टराई, देउवा र पौडेलसँग नख्खु जेलमा सँगै बसेको हुँ’ उनले भने ‘काँग्रेस सत्तामा छ, म थला परेको छु तर पनि कसैले एक वचन सोध्ने कामसम्म गरेका छैनन् ।’

राजविराज कारागारमा पनि दुई वर्ष बन्दी जीवन बिताएका सिंहले काँग्रेसको आह्वानमा भएका हरेक आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व गरे पनि अहिले उनको उपचारकालागि वास्ता नगर्नु बिडम्बना नै भएको छिमेकी गाविस को. मधेपुराका निवर्तमान अध्यक्ष सुरेश प्रसाद सिंहले बताए । उनले भने ‘दुख पाएका, त्याग तपस्या गरेका कार्यकर्तालाई पार्टीले उपेक्षा गर्ने हो भने त्यस्तो पार्टी कसरी उँभो लाग्ला ?’mahdhukant singh (1)

मधुकान्तको उपचारको उपचारमा मासिक ३२ हजार खर्च भईरहेको उनका जेठा छोरा ईन्द्रभुषणले जानकारी दिएका छन् । ‘भएको जग्गा जमिन उपचारमै सकिन लाग्यो’ उनले भने ‘अहिलेसम्म ३२ लाख खर्च भईसकेको छ, अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता छ ।’

mahdhukant singh (3)थला परेको अवस्थामा पनि पार्टी र देशप्रति चिन्ता लिन छोडेका छैनन् मधुकान्तले । ‘म त यस्तो अवस्थामा छँदैछु’ उनले भने ‘देशसँगै काँग्रेसको पनि अवस्था ठिक देख्दिन, विपी, भट्टराई जस्ता नेता जिवितै रहेको भए देश र पार्टीको हविगत यस्तो हुने थिएन् । सिंहले देशको हितकालागि लोकतान्त्रिक शक्तिहरुबीच सहमति हुनु जरुरी रहेकोमा जोड दिए । देशलाई कमजोर बनाउन विभिन्न बहानामा फुट गराउने खेल भईरहेको भन्दै उनले त्यसप्रति सजग रहनसमेत सुझाएका छन् ।