प्रकाश खतिवडाबिरुद्ध अविश्वासको प्रस्ताव दुई तिहाई बहुमतले पारित, महासंघ सप्तरीको कार्यबाहक अध्यक्षमा श्रवण देव

  • आर्थिक अनियमितता छानविन तथा कारबाहीकालागि अधिकारसहित समिति गठन

     नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ ।
बिहीबार राजविराजमा भएको महासंघ शाखाको विशेष साधारणसभाले खतिवडाबिरुद्वको अविश्वासको प्रस्ताव पारित गरेको हो । महासंघको विधाSK DEOन बमोजिम अविश्वासको प्रस्ताव दर्ता भएपछि विशेष साधारणसभा बोलाएर छलफल गरी प्रस्ताव पारित गरिएको छ ।
अविश्वास प्रस्ताव दर्ता भएपछि एक बर्षदेखि बारम्बार स्पष्टिकरण दिनका लागि ताकेता गरेपनि खतिवडाले कुनै वास्ता नगरेको ठहर गर्दै विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरिएको छ ।
साधारणसभाले कार्यबाहक अध्यक्षको जिम्मेबारी उपाध्यक्ष श्रवणकुमार देवलाई दिएको छ । उपाध्यक्ष देवलाई कावा अध्यक्षको जिम्मेबारी दिएसँगै  बैंक तथा वित्तिय संस्थामा रहेको महासंघको खातामा हस्ताक्षर परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस्तै संघर्ष समितिले महासंघको कार्यालयमा लगाएको ताला पनि खोल्ने सहमति भएको छ । संघर्ष समितिद्वारा राखिएका बिभिन्न मागहरु सम्बोधन भइसकेको र लामो समयदेखि महासंघको दैनिक कामकाज अवरुद्व रहेको दृष्टिगत गरी ताला खोल्ने सहमति साधारणसभाले गरेको छ ।
महासंघको आर्थिक कारोबारसहित अन्य गतिविधीबारे उचित छानबिन गर्न महासंघका पूर्व सभापछि बिष्णु कुमार मण्डलको संयोजकत्वमा श्यामसुन्दर यादव र रामनारायण विश्वास सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
यो समितिलाई छानबिन तथा आवश्यक कार्वाही गर्नका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार समेत विशेष साधारणसभाले दिएको छ ।
विशेष सभाधारणसभाले महासंघको नयाँ सदस्यता बितरण र नवीकरण गर्नका लागि शाखाका पूर्व अध्यक्ष बैद्यनाथ झाको संयोजकत्वमा समिति बनाइएको छ । समितिमा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव र गणेशलाल देव सदस्य छन् ।
यस्तै विेशष साधारणसभाले लामो समयदेखि वैदेशिक रोजगारीमा गएका दुई जना कार्यसमिति सदस्यको पद रिक्त गरेको छ । अम्बिका दाहाल र रामनारायण यादवको पद रिक्त गर्ने निर्णय गरिएको छ ।