पातोमा दुधे बालकको हत्या (प्रहरीको प्रतिबेदन सहित )

राम देव मण्डलको छोरा बर्ष ३ को राम अवतार मण्डल
राम देव मण्डलको छोरा बर्ष ३ को राम अवतार

सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्।

पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा रिसिईवी साध्न गरेको खुल्न आएपछी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

रामअवतारको शव आइतबार दिउँसो ४ बजे घाँटी थिचेर हत्या पश्चात साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हाली लुकाईएको अवस्थामा बालककै घर पछाडी रहेको मलघारीमा भेटिएको थियो।

तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीविच घरायसी वाद-विवाद भएको र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर घम्की दिएकी थिईन्।

पक्राउ परेकी उर्मिलादेवीले आइतबार दिउँसो २ बजे घरका सबै जना  काममा बाहिर गएको अवस्थामा सोही मौका छोपी रामअवतारलाई उनकै घर आँगनमा घाँटी निमोठेर हत्या गरेको र शव लुकाउन बोरामा हाली मलघारीमा राखेको स्वीकार गरेकी छिन्।

महिलालाई कर्तव्य ज्यान शिर्षक मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

  • घरायसी विबादमा नावालकको हत्या

मिती २०७३।१०।२३ गते जिल्ला सप्तरी पातो गा।वि।स।वडा नं।६ बस्ने राम देव मण्डलको छोरा बर्ष ३ को राम अवतार मण्डललाई निजकै काकी ऐ।ऐ बस्ने अशोक मण्डलको श्रीमती बर्ष २५की उर्मिला देवी मण्डलले घाटी निमोठी हत्या गरेको ।

मृतकको बुवा धर्मदेब मण्डल र काका अशोक मण्डल खंग केहि बर्ष अगाडी देखि भारतको मुम्वई भन्ने शहरमा सिलाई कटाईको काम सिकी हाल सोही स्थानमा सिलाईकटाई काम गदै आईरहेको छन । दाजु भाई धर्मदेव मण्डल खंग र अशोक मण्डल खंग करिब ४र५ महिना पहिला खेतीपातीको काम गर्न भनि मुम्वईबाट घर आई बर्षातको खेतीपातीको काम सकि करिब १ हप्ता पहिले दुबै दाजु भाई अशोक र धर्मदेव सोही सिलाई कटाई कामको सिलसिलामा मुम्वई गएका छन। ३दिन अगाडी मृतकको आमासंग निज उर्मिला देवि खंगको घरायसी विवाद भएको थियो उक्त विवादमा तेरो छोरालाई मारिदिन्छु भनेर घम्कि समेत दिएको कुरा मृतककी आमाले बताएकी छिन् ।

हिजो मिति २०७३।१०।२३ गते बिहानको समयमा मृतकका हजुरबुबा इट्टाभट्टामा इट्टा बनाउने काम गर्न गएको र दिनको करिब २ बजेको समयमा मृतकको हजुरआमा विना देवी घाँस काट्न गईछन भने मृतकको आमा चन्द्रिका देवी खंग पात लिन घरबाट जंगल तर्फ गए पश्चात घरमा स–साना बालबच्चा सहित उर्मिला देवी खंग मात्र रहेको । घर परिवारमा हुने सामान्य भनाभन, वादविवादको विषयमा राम अवतार खंग मण्डललाई घरमा कोही पनि नभएको मौकापारी घरायसी वादविादको रिसइवी साँध्न घर आँगनमा नै घाँटी थिची कर्तव्य गरि मारी पुरानो साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हाली निज सुत्ने बस्ने घरको पछाडीपट्टी रहेको रुखको सुकेको पात राख्ने स्थानमा मृत रामअवतार खंग मण्डललको लास लुकाईछिपाई राखेको ।

चन्द्रिका देवी खंग पात दाउरा लिई जंगलबाट दिनको करिब २ बजेको समयमा घर आई दुध खाने वालक छोरा रामअवतार खंगलाई घरमा नदेखी छोराको खोजतलास गर्दा घर तथा छरछिमेकमा समेत फेला नपरेपछि छरछिमेकी समेत भई खोज तलास गर्ने क्रममा उक्त स्थानमा लुकाई राखेको अवस्थामा दिउसो अ।१६स०० बजेको समयमा फेला परेको भनी तत्कालै स्थानिय प्रहरी समेतलाई जानकारी भए पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरी बाट अनुसन्धान टोली समेत घटनास्थलमा पुगी निज उर्मिला देवी खंगलाई नियन्त्रणमा लिएको ।

1 (1)निज उर्मिला देवी खंगलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा बालक राम अवतार मण्डललाई मृतकको आमासँग भएको घरायसी विवादमा घाटि निमोठी मारी घरको पछाडी सुकेको पात थुप्रो मुनी बोरामा हाली लुकाएको कुरा निज उर्मिला देवि खंगले समेत स्वीकार गरेकी छिन र निजलाई आजै कर्तव्य ज्यान शिर्षक मुद्दामा सप्तरी जिल्ला अदालत राजविराज बाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ।

विजय श्रेष्ठ

प्रवक्ता प्रहरी निरीक्षक