पहिलो चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई

raveeshkuma
प्रवक्ता रविशकुमार, बिदेस मन्त्रालय, भारत

पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई’ भन्दै प्रतिक्रिया दिएका छन् ।

विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ ।
उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भनेर भारतले चाहना गरेको पनि बताएका छन् । बधाई दिने क्रममा वामपन्थी गठबन्धनले बहुमत पाएको बारे भने प्रवक्ताले केही भन्न चाहेनन् ।

‘नेपाल–भारतबीच प्राचीन, विशिष्ट खालको र समयको परीक्षामा खरो उत्रिएको सम्बन्ध रहिआएको छ, नेपालको आर्थिक समृद्धिलगायत दुईदेशीय सम्बन्धका सबै पक्षलाई अगाडि बढाउन भारत सधैं तयार छ,’ प्रवक्ता रविशकुमारले बाताएको भारतीय संचार माध्यमले जनाएको छ ।