पवित्र मनले समयमै संविधान वनाउन कैलाश सत्यार्थीको आग्रह

कैलाश सत्यार्थीलाई अभिनन्दन पत्र प्रदान गर्दै जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला ।
कैलाश सत्यार्थीलाई अभिनन्दन पत्र प्रदान गर्दै जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला ।
नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले वालवालिकाको जस्तै पवित्र मनले समयमै नेपालको संविधान वनाउन सुझाव दिएका छन् । आईतवार राजविराजमा जिल्ला विकास समिति सप्तरीले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा वोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘वालकहरुको मन पवित्र र निश्छल हुन्छ’ उनले भने–‘सवैलाई स्थान दिने खालको संविधान वनाउनका लागि त्यस्तै निश्छल मन चाहिन्छ ।’ प्राकृतिक सौन्दर्य र अनन्त सम्भावना वोकेको नेपाल शान्तिदुत वुद्धभुमि समेत रहेका कारण यहाँवाट विश्वले विकास र शान्तिको सन्देश पाउनुपर्ने भन्दै ‘वचपन वचाउ’ अभियानका अभिनेता सत्यार्थीले नेपालकै वालवालिकाले वेचिएर विदेशमा नारकिय जिवन विताउनुलाई ‘दुर्भाग्य’ भने । ‘मैले नेपालवाट वेचिएर भारतमा नारकीय जिवन विताउने थुप्रै वालवालिकाको उद्धार गरेको छु’ वालअधिकार अभियन्ता सत्यार्थीले भने–‘अव विश्वकै वालवालिकाले वेचिने होईन, आफनो देशको भविष्य वनाउने जिम्मेवारी लिन सक्नुपर्छ ।’
जिल्ला विकास समिति सप्तरीमा आईतवार आयोजित नागरीक अभिनन्दन समारोहमा सर्वसाधारणको स्वागत ग्रहण गर्दै कैलाश सत्यार्थी ।
जिल्ला विकास समिति सप्तरीमा आईतवार आयोजित नागरीक अभिनन्दन समारोहमा सर्वसाधारणको स्वागत ग्रहण गर्दै कैलाश सत्यार्थी ।
जोखिममा परेका विश्वका धेरै देशका वालवालिकालाई उद्धार गर्ने अभियानमा लागेर नोवेल पुरस्कार पाउनका पछाडि नेपालका वालवालिका र अभिभावकहरुको पनि आशिर्वाद रहेको उनले वताए । उनले भने–‘यो पुरस्कार सत्यार्थी र भारतको मात्र होईन, यस्मा नेपालको पनि अधिकार छ ।’
जात, धर्म, भाषा, राष्ट्रियता र सम्प्रदायका नाममा मानिस विच विभेद ल्याउने काम भईरहेको भन्दै त्यस्ता विभेदका शिकार चाहि वालवालिकाले नै वन्नु परिरहेको उनको भनाई छ । ‘वालवालिका युद्ध लड्ने गर्दैनन्, नत गरिवीकै कारक हुन्’ उनले भने–‘तर यीनै कुराको प्रत्यक्ष प्रभाव चाही वालवालिकाले नै ब्यहोर्नु परिरहेको छ ।’ वालअभियान्ता सत्यार्थीले ठुला मानिसले सिकाएर नै वालवालिकाको स्वच्छ मनमा नकारात्मक प्रभाव पर्ने गरेको भन्दै अव त्यसो नगर्न आग्रह समेत गरे । राष्ट्रिय एकता वलियो वनाउन र आपसमा सौहाद्र्रता कायम राख्न वालवालिकावाटै ठुला मानिसले धेरै कुरा सिक्न सक्ने उनको कथन छ ।
अभिनन्दन समारोहमा स्वागत गर्दै सभाषद तथा ब्यवस्थापिकाको महिला, वालवालिका तथा ज्येष्ठ नागरिक समितिकी सभापति रञ्जु झाले सत्यार्थी एक परिवार र देशको मात्र नभई विश्वकै ब्यक्तित्व रहेको वताईन् । कार्यक्रममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले सत्यार्थीलाई दोसल्ला ओढाउनुका साथै सप्तरी जिल्लावासीको तर्फवाट अभिनन्दन पत्रले सम्मान गरेका थिए । यसैगरी नागरीक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, प्याब्सनका अध्यक्ष पञ्चदेव यादव, एनप्याब्सनका अध्यक्ष वौकु साहले पनि उनलाई सम्मान गरेका थिए ।